५ कात्तिक, काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा आजपनि नेताहरुले संसदमा दर्ता भएको लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावबारे मिश्रित धारणा राखेका छन् ।

शक्ति सञ्चय गरिरहेका छौं- प्रचण्ड

कांग्रेस नेता धनराज गुरुङले बैठकमा धेरै नेताहरुले महाभियोगको पक्षमा धारणा राखेपनि केहीले भने संविधान कार्यान्वयन र सत्ता समीकरणको कारण देखाउँदै विपक्षमा धारणा राखेको बताए । उनले महाभियोग प्रस्तावले संविधान संशोधनमा प्रभावित पार्छ भन्नु बेतुकको कुरा मात्र भएको पनि बताए ।

‘बोर्ड फष्ट’ सुम्निमाको सपना- कसैले पत्ता नलगाएको कुरा पत्ता लगाउने

पार्टी कार्यालय सानेपामा जारी बैठकमा बोल्दै कांग्रेस नेता एनपी साउदले भने महाभियोगको पक्षमा पार्टी लाग्न नहुने धारणा राखे । प्रस्तावको पक्षमा लाग्दा सत्ता समीकरणमा प्रभाव पार्ने र अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बाटो बन्द हुने साउदको भनाई छ ।

लोकमानले एमालेका नेतालाई छानी छानी पत्र काटे- माधव नेपाल

’यो प्रस्ताव पारित भएमा बामपन्थीहरुको एलाएन्स बन्छ, कांग्रेस नेतृत्वको सरकार बन्न अवरोध सिर्जना हुन्छ’ नेता साउदको भनाइ उधृत गर्दै श्रोतले भन्यो । लोकमान विरुद्ध महाभियोग लगाउँदा गलत नजीर बस्ने पनि नेता साउदको दाबी छ ।