५ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोगका बारेमा पार्टी भित्र दुई थरि धारणा आएपछि नेपाली काँग्रेसको नेतृत्व मध्यमार्गी बाटोको खोजीमा लागेको छ ।

कार्कीको तलब सुबिधा रोकिन्नः महान्यायाधिवक्ता श्रेष्ठ

हिजोदेखि चलिरहेको केन्न्द्रीय समिति बैठकमा महाभियोग प्रस्ताव पारित गरेर जानुपर्ने र पक्षमा लाग्न नहुने विचार आएपछि काँग्रेसमा मध्यमार्गी बाटोको खोजी शुरुभएको हो । त्यसका लागि कार्कीलाई राजिनामा गराउने र सत्ता गठबन्धन जोगाई सहमति अनुसार आगामी सरकारको नेतृत्व काँग्रेसले नै गर्ने वातावरण बनाउन काँग्रेसका नेताहरु लागेका स्रोतले जनाएको छ ।

लोकमानको नाममा कुनै ब्यक्तिको भ्रष्टाचार ढाकछोप नहोस्- नयाँ शक्ति

सभापति शेरबहादुर देउवाले त्यसबारे अरु दलसँग छलफल समेत गरेको स्रोतको दावी छ । आज बोल्ने १७ जना केन्द्रीय सदस्य मध्ये धेरैले महाभियोगको समर्थन गरेपनि केहीले संविधान कार्यान्वयन र सत्ता समीकरणको कारण देखाउँदै महाभियोगको पक्षमा जान नहुने दबाब दिएका छन ।

रञ्जित रे लाई युवासंघको चेतावनी- हेक्का रहोस्, हस्तक्षेप स्वीकार्य छैन

सभापति देउवा निकट नेता एनपी साउदले महाभियोगको पक्षमा पार्टी लाग्न नहुनेमा जोड दिए । प्रस्तावका पक्षमा लाग्दा सत्ता समीकरणमा प्रभाव पार्ने र अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बाटो बन्द हुने साउदको तर्क छ । एमाले र माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेपनि काँग्रेसले भने निर्णय गर्न सकेको छैन । पर्सि बस्ने बैठकले महाभियोगबारे निर्णय गर्ने नेता विश्वप्रकाश शर्माले जानकारी दिए ।