१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको पहिलो नम्बरमा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

कांग्रेसका मात्र ६७ जना सांसदको हस्ताक्षर बाहिर आउँदा देउवाको नाम पहिलो नम्बरमा आएको छ । अरु नेताको नाम वर्णानुक्रम अनुसार भए पनि सभापति देउवाको भने पहिलो नम्बरमा आएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेत टेकबहादुर बस्नेतले अभियोग संसदमा दर्ता गराएका हुन् । आफूले भनेका जयबहादुर चन्दलाई आइजिपी बनाउन खोजे पनि अदालतकै निर्णयले रोकिएपछि देउवा असन्तुष्ट थिए ।

अमृत अर्याल मोरङ, केशव थापा इलामसहित कांग्रेसका लोकप्रिय युवा नेता गगन थापाले भने नाम भए पनि हस्ताक्षर गरेका छैनन् । चन्द्र भण्डारी र पूर्व राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन श्रेष्ठले पनि प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।