२६ भदौ, पर्सा ।

प्रदेश नं २ को एकमात्र महानगरपालिका तथा नेपालको वाणिज्य नगर समेटिएको वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुलाई निर्वाचनको प्रचारप्रसारमा भ्याईनभ्याई भएको छ ।

महानगर निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार सोमबार साँझ ६ देखि ८ बजेका बीचमा वडा नं १५, २५, १७, १९,२०, २४,२५, २४, २६, र २७ मा कोणसभा कार्यक्रम राखिएको छ ।

महानगरपालिकाका सबै वडाका टोलहरुमा नगरप्रमुख उप्रमुखको उपस्थितिको माग बढिरहेको र उम्मेद्वारहरु मौन अवधिको चापमा पर्न लागेको हुनाले एकैदिन धेरै वडामा कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था आईपरेको हो ।

निर्वाचन परिचालन समितिले दिएको जानकारी अनुसार सोमबार साँझ ६ बजेदेखि वडा नं १५ को लछुमनवा र १७ को अलौंमा कोणसभा आयोजना हुने कांग्रेसले जनाएको छ ।