संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ। १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ। भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन त्यो अन्तत्र कतै पनि भेटिदैन।’
आउनुहोस्, महाभारतका केही नबताइएका कथा पढौं।

पाँच सुनका तीर

mahabharat story (4)

जब महाभारतको युद्धमा कौरवहरु पाण्डवसँग हार्दै थिए, एक रात दुर्योधन भिष्मलाई रिस पोख्न गए। पाण्डव प्रतिको स्नेशले मन लगाएर युद्धमा भाग नलिएको भन्दै दुर्योधनले भिष्मलाई दोष लगाउन थाले। भिष्म रिसले चुर भए, नजिकै रहेको पाँच सुनका तीर उठाए अनि मन्त्र जप्न थाले। उनले दुर्योधनको अगाडी, भोली तीनै पाँच सुनका तीरले ५ पाण्डवलाई मार्ने घोषणा गरे। भिष्मको सो घोषणामा विश्वास नगरी ती पाँचै तीर बिहान फर्काउछु भनि दुर्योधनले लगे।

पुराना दिन
महाभारतको युद्ध हुनु भन्दा धेरै पहिले, जब पाण्डव वनवास गएका थिए कथा त्यो बेलाको हो। दुर्योधन पनि पाण्डवहरु बसेको पोखरीको अर्को पट्टी बस्न पुगे। पोखरीमा नुँहाउदै गर्दा स्वर्गबाट केही गन्धर्वहरु झरे। मुर्ख बुद्धिका दुर्योधन कुनै कारण बिना नै गन्धर्वहरु माथी जाइलागे। हार पछि दुर्योधनलाइ समातियो। नजिकै रहेका अर्जुनले थाह पाइ दुर्योधन छुटाउन आए। क्षत्रीय भएको नाताले दुर्योधनलाई यो घटना निकै लाजमर्दो भयो। दुर्योधनले अर्जुनलाई वर माग्न भने। जहिले आवश्यक पर्छ सोही बेला वर माग्ने अर्जुनले बताए।

अर्जुनले मागेको वर
महाभारतको युद्ध हुदै गर्दा एक रात, भगवान कृष्णले अर्जुनलाई पुरानो वरको बारेमा सम्झाउदै दुर्योधनसंग पाँचवटा सुनका तीर मागेर ल्याउन भने। अनि सोही पाँच तीर वरको रुपमा माग्न अर्जुन दुर्योधनकोमा पुगे । क्षेत्रीय धर्म अनुसार दिएको वचन पुरा गर्नुपर्ने भएकाले दुर्योधनले दिन्न भन्न सकेनन। तीर दिइसकेपछि दुर्योधनले सोधे, ‘कसले भन्यो सुनको तीरको बारेमा?’ अर्जुनले भने, ‘भगवान कृष्ण’।

अर्को पाँच सुनका तीर माग्न दुर्योधन फेरी भिष्मको पुगे। दुर्योधनलाई त युद्ध जित्नु थियो। तर भिष्म हाँस्न लागे अनि अब फेरी त्यस्तै ५ तीर दिन सम्भव नहुने बताए। आफैले अविस्वास गरि तीर नमागेको भए, अर्जुनले ती तीर भेट्थेनन, अनि भिष्मले आफ्नो वचन पुरा गर्न पाउँथे, पाण्डवको मृत्युपछि दुर्योधनले युद्ध जित्थे। जुन हुन पाएन।

दोर्णाचार्यको जन्म

mahabharat story (3)

पाण्डव अनि कौरवका गुरु, दोर्णाचार्यको जन्म निकै रोचक छ। दोर्णाचार्यलाई संसारकै पहिलो ‘टेस्ट टयुव वेबी’ भन्दा फरक नपर्ला। ऋषि भारद्वाज दोर्णाचार्यका पिता हुन, अनि माता कृथजी नामकी अप्सरा।

एक दिन ऋषि भारद्वाज बेलुकाको प्रार्थनाको लागि तयारी गर्दैथिए। गंगामा सधै झै नुहाउनको लागि हिडे। पुग्दा त देख्छन्, आफु सधै नुहाउने ठाउँमा निकै राम्री अप्सरा नुहाउदै छिन। भारद्वाजलाई देखेपछि ती अप्सरा गंगाबाट बाहिर आइन, केवल एक वस्त्र थियो उनको शरीरमा। अकस्मात ती अप्सराको एकसरो वस्त्रले धोका दियो, नदीको किनारामा आउदै गर्दा चिप्लिएर वस्त्र भुँईमा खस्यो।

mahabharat story (2)मन्त्र मुग्ध भइ हेरिरहेका ऋषि भारद्वाजको वीर्य खस्यो। ऋषिले सो वीर्य माटोको भाडोमा जम्मा पारे। आश्रम लगे अनि अध्यारो ठाउँमा सुरक्षित राखे। दोर्ण सोही माटोको भाडोमा जन्मिएका थिए।

द्रोणम को अर्थ भाडो हुन्, अनि द्रोणरको अर्थ हुन्छ माटाको भाडाबाट जन्मिएको।

कर्णको अन्तिम परिक्षा

mahabharat story (1)

कृष्णलाई कर्णको उदारता अन्तिम समयमा पनि जाँच गर्नु थियो। कृष्णले एक गरिब ब्राह्मणको रुप लिएर कर्ण सामु पुगे। कर्ण महाभारतको युद्ध भुमिमा रगताम्य थिए, जीवनको अन्तिम श्वास लिदै मृत्युको प्रतिक्षामा थिए।

कृष्णले पुकारे, ‘कर्ण! कर्ण!’ कर्णले उत्तर दिए, ‘हे ब्राह्मण को हो तपाई?’ ब्राह्मणको रुप धरेका कृष्णले भने, ‘लामो समय देखि तिम्रो उदारताको कथा सुन्दै आएको छु, जे माग्यो त्यहि दिन्छौ रे। आज म तिमीसंग केही माग्न आएको छु’, ‘जे मागे पनि म दिन तयार छु’, कर्णले उत्तर दिए।

‘मलाई थौरै सुन चाहिएको छ’, कृष्णले कर्णसंग भने। कर्णले मुख खोले अनि दाँतको बिचमा भएको सुन देखाउदै भने, ‘म यी सुन दिन्छु, तपाइ यी लैजान सक्नुहुन्छ’। रिसाएको जस्तो स्वरमा कृष्णले भने, ‘के म तिम्रो दाँत झारेर ती सुन लिएर जाउँ। म कसरी त्यस्तो काम गर्न सक्छु्’, कर्णले नजिकैको ढुङ्गा उचाले अनि आफ्नो दाँतमा हिर्काएर सुनका ती दाँत ब्राह्मणलाई दान दिए।

यो पनि पढ्नुहोस्।

वरदान पाई कृष्णकै हातबाट एकलव्यको मृत्यु

कृष्ण कसरी पाण्डपको पक्षमा आए?