महाभारत ग्रन्थमा अभागी पात्र ‘कर्ण’लाई पनि मानिन्छ। उनले सबैसामुन्ने आफ्नो पुरुषत्व देखाउन भने पछि परेनन्। दुर्योधनको साथी उनी उनको सिद्धान्त अनि जीवनशैली भने प्रेरणादायी मानिन्छ।

‘कर्म’मा विश्वास राख्ने कर्णले आफ्नो जीवन साहसी र आत्मनिर्भर भएर बाँचे। जस्तोसुकै विषम परिस्थितिबाट पनि उनी भागेनन्, बरु उनले सदगुण र वीरताको साथमा लागेर ती परिस्थितीको सामना गरे।

महाभारतका महायोद्धा कर्णका केहि यस्ता विशेषताहरू छन्, जुन हाम्रो जीवनको लागि पनि एकदमै प्रेरणादायी छन्ः

१. सबैभन्दा शक्तिशाली योद्धा

महाभारतका सबै योद्धाहरूमध्येमा कर्ण सबैभन्दा शक्तिशाली थिए। उनी अर्जुन भन्दा पनि शक्तिशाली थिए, त्यसैले कर्णलाई हराउनको लागि अर्जुनलाई पनि हम्य-हम्य परेको थियो।Powerful Karna

कुरुक्षेत्रको युद्धमा, इन्द्र र श्रीकृष्णको सहयोगमा नै पाण्डवहरूले कर्णलाई हराउन सकेका थिए।

२. दानी

कर्णको दानी स्वभाव पनि सायद सबैलाई थाहै होला। सुर्यपुत्र कर्ण जन्मिँदा सुनको कवच र कुण्डलसँगै जन्मिएका थिए, जसको कारणले उनलाई कसैले पनि हराउन सक्दैनथे।Generous Karna

इन्द्रलाई यो कुरा थाहा थियो कि कर्ण एकदमै दानी छन्। यहि कमजोरीको फाइदा उठाएर इन्द्रले एक भिक्षुको भेष धरे र कर्णसँग उनको कवच र कुण्डल मागे।

इन्द्रको जालझेल थाहा पाएर पनि कर्णले उनलाई आफ्नो कवच र कुण्डल झिकेर दिए। उनको यस्तो स्वभाव देखेर इन्द्रले पनि कर्णलाई एकदमै शक्तिशाली अस्त्र ‘शक्ति’ दिए।

३. शस्त्र-अस्त्रको ज्ञान

कर्णका गुरु ‘परशुराम’ले उनलाई सबै किसिमका शस्त्र-अस्त्रको ज्ञान सिकाएका थिए। कर्ण पनि अति नै बुद्धिमानी थिए र यस्ता शस्त्र-अस्त्रको प्रयोग गर्नमा अर्जुनभन्दा माहिर थिए।Karna using his Bow and Arrow

४. परोपकारी

दान, धर्म र परोपकारको लागि कर्ण कहिल्यै पनि पछि परेनन्, चाहे त्यो जतिसुकै महङ्गो किन नहोस्।

अर्जुनले हराएपछि मृत्युको प्रतिक्षा गरिरहेका कर्णको छेवैमा इन्द्र र सूर्यले भिखारीको भेष धरेर भिख माग्न आए। आफू सँग केहि नभएको कुरा कर्णले ती भिखारीहरूलाई सुनाएपछि, उनीहरूले कर्णको सुनको दाँत मागे। केहि कुरा नसोँची कर्णले पनि ढुङ्गाले आफ्नो दाँत फुकालेर ती भिखारीहरूलाई दिए।

५. कुन्तीप्रतिको सम्मान

कुरुक्षेत्रको युद्ध हुनुभन्दा केहि क्षण अगाडि कर्णलाई कुन्तीले आफ्नो वास्तविकता बताइन्- उनी नै कर्णकी माता हुन्। त्यसैले पाण्डवहरूमा सबैभन्दा जेठो छोरा कर्ण नै भएकोले कुन्तीले कर्णलाई पाण्डवहरूको साथ दिन आग्रह गरिन्।Kunti and Karna

तर, कर्णले आफ्नो मित्र दुर्योधनलाई धोका दिन चाहेनन्। त्यसैले उनले अर्जुन बाहेक अरू पाण्डवहरूलाई नमार्ने कुन्तीसँग वाचा गरे।

६. नैतिकवान

श्रीकृष्णले पनि कर्णलाई पाण्डवको साथ दिन आग्रह गरेका थिए। साथै उनको लागि एउटा सिङ्गो राज्य पनि दिन तयार थिए। तर कर्णले सम्पत्तीको लोभ गरी आफ्नो नैतिकता र मित्रतालाई छोडेनन्।Krishna and Karna

७. कर्णसँग पाँचै पाण्डवको गुण थियो

अति बुद्धिमानी, नैतिकवान, शस्त्र-अस्त्र विद्यामा माहिर, शक्तिशाली र सुन्दर थिए कर्ण। यी पाँच गुण पाँच पाण्डवलाई बाँडिएको थियो, तर कर्णसँग ती पाँचै गुण थियो।Five Pandavs and Draupadi

यो पनि हेर्नुहोस्-
कुम्भकर्ण किन ६ महिनासम्म सुत्थे?
महाभारतको युद्ध हुनुमा कसको हात थियो? द्रौपदीको? कि अरू कसैको?
महाभारतका ९ सुन्दर महिला
महाभारतका दंग पार्ने तस्बिर
महाभारतमा प्रयोग गरिएका ५ शक्तिशाली अस्त्र