प्रविधिको नयाँ सुरुवातको रुपमा ‘टेस्टट्युव बेबी’ पद्धती सुरु भएको छ । यसलाई आजको समयमा एक आविष्कार मानिएको छ, तर यो नयाँ आविष्कार होइन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । प्राचीन कालमा ऋषि–मुनिहरु टेस्ट्युब बेबी पद्धतिबाट परिचित थिए र महाभारत कालमा यस पद्धतिको प्रयोग पनि गरिएको विश्वास गरिन्छ ।

धृतराष्ट्रका १०० पुत्र तथा एक पुत्रीको यही पद्धतिबाट जन्म भएको मानिन्छ ।

जब गान्धारीले पहिलो पटक गर्भधारण गरिन्, दुई बर्ष बितिसक्दा पनि उनको कुनै सन्तान भएन । एक ऋषिले गान्धारीको गर्भलाई १०१ माटोको भाडोमा राख्ने उपाय बताए । किनकि गान्धारीका लागि बच्चा जन्माउने काम सम्भव थिएन । गान्धारीको गर्भमा रहेको भ्रुणलाई १०१ माटोको भाडोमा राखियो, जसलाई टेस्ट्युब बेबी पद्धतिको एक रुप थियो । भ्रुणलाई माटोको भाडोमा हालेपछि सय पुत्र र एक पुत्रीको जन्म भएको विश्वास गरिन्छ ।

भनिन्छ, गान्धारीको एक भ्रूणबाट नै कौरवहरुको जन्म भएको थियो । यी ऋषि खाली टेस्ट्युब बेबी र भ्रूणका बारे मात्रै होइन, यस पद्धतिसँग पनि परिचित थिए, जसको मद्दतले महिलाको शरीरसँग अलग वा मानव भ्रुणलाइ विकसित गर्न सकिन्छ । यसको वर्णन महाभारतको अध्याय ‘आदिपर्व’मा गरिएको छ । यस प्रविधिलाई केही बर्षअघि अमेरिकाले विकास गर्यो, जुन अहिले संसारभर प्रयोग गरिदै आएको छ।