महाभारतमा प्राचीन इतिहास उल्लेख गरिएको छ । यहाँका प्रत्येक पात्र यस्ता छन्, जसमाथि एक–एक अलग ग्रन्थ लेख्न सकिन्छ । यहाँका पात्रबीचको सम्बन्धको अनौठा गाँठोहरु छन् । जान्नुहोस्, त्यस्ता समाजिक ढाँचामा अनौठा मानिने महाभारतका सम्बन्ध ।

दुर्योधन थिए श्रीकृष्णका सम्धी – भगवान श्रीकृष्णका आठ पत्निहरु थिए, जसमा एकको नाम जामवन्ती थियो, जो रामायण कालका जामवन्तकी पुत्री थिइन् । यिनै जामवन्तीबाट श्रीकृष्णको एक पुत्र थिए जसको सांब थियो । सांबको दुर्योधनको पुत्री लक्ष्मणासँग विवाह भएको थियो । त्यसैले श्रीकृष्ण र दर्योधन नातामा सम्धी थिए ।

मित्रवृंदाबाट विवाह – मित्रवृंदा कृष्णका पिता वासुदेवका मामाकी छोरी राजधिदेवीकी पुत्री थिइन्, साथै, उनी पाण्डवहरुकी आमा कुन्तीको पनि आफ्नै बहिनी थिइन् । मित्रवृंदा अवंतिका राजाजयसेनकी छोरी(राजकुमारी) थिइन् । उनका दाईहरु विंद र अनुविंद दुवै कौरवहरुको सभासद थिए ।

सुभद्राको अर्जुनसँग विवाह – महाभारतमा भगवान श्रीकृष्णका साथी थिए अर्जुन्, तर अर्जुनले जब श्रीकृष्णको बहिनी सुभद्रासँग विवाह गरे, तब उनी ज्वाई बनेका थिए । जबकि, अर्जुनकी आमा कुन्ती नातामा श्रीकृष्णकी फूपू थिइन् ।

पाँच देवताबाट पाँच पुत्र – कुन्तीलाई सूर्यबाट बरदानको रुपमा कर्णको जन्म भएको थियो । त्यस्तै, धर्मको आशीर्वादबाट युधिष्ठिर, इन्द्रबाट अर्जुन र वायुदेवबाट भीम र अश्विनी कुमारहरुको आशीर्वादबाट नकुल र सहदेवको जन्म भएको थियो ।

द्रौपदीका पाँच श्रीमान् – द्रौपदीको स्वयम्वर भने अर्जुनले जितेका थिए, तर कुन्तीको आज्ञाका कारण उसलाई पाँच पाण्डकी पत्नी बन्नु पर्यो । पाँचै पाण्डवबाट द्रोपदीले पाँच पुत्रको जन्म दिइन् ।