हिन्दु धर्मका ग्रन्थमा उल्लेख गरिएका भगवानहरूको युग पनि आधुनिक युगभन्दा कम थिएन। त्यतिबेला पनि भगवानहरूले हावामा उड्ने विमानको प्रयोग गर्थे। सबैभन्दा बलियो ‘ब्रह्मास्त्र’लाई पनि अहिलेको आणविक बमसँग तुलना गर्न सकिन्छ। फरक यति मात्र हो कि, त्यतिबेलाका प्रविधीहरू दैवी शक्तिबाट चल्थे। जसको भक्तिमा शक्ति हुन्थ्यो, उसैको अस्त्रले सबैभन्दा ठूलो क्षति गर्थ्यो।

यसैगरी महाभारतमा पनि यस्ता कैयौँ शस्त्रअस्त्रहरूको उल्लेख गरिएको छ, जसले विश्वव्यापी विनाश गर्न सक्थ्यो। आजको धर्म अङ्कमा हामी महाभारतमा प्रयोग गरिएका केहि अस्त्रहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

१. ब्रह्मास्त्र

हिन्दु धर्मका विभिन्न शास्त्रहरूमा उल्लेख गरिएअनुसार, सबैभन्दा खतरनाक र धेरै क्षति गर्ने अस्त्र भनेको ‘ब्रह्मास्त्र’ नै हो (अस्त्रः मिसाइल हतियार)। यसलाई ‘ब्रह्मा’ भगवानले निर्माण गरेको पनि पुराणमा उल्लेख गरिएको छ। ब्रह्मास्त्रको प्रहारलाई कुनै पनि किसिमको सुरक्षाका उपायहरू अथवा प्रतिक्रमणले रोक्न सक्दैन। यसलाई केवल ‘ब्रह्मदण्ड’ (ब्रह्माको छडि)ले मात्र रोक्न सक्दछ।

vasishta-vishwamitra-brahmastra-weaponयो अस्त्रको पूर्ण ज्ञान कर्णसँग भएको महाभारतमा उल्लेेख छ। तथापी, परशुरामको श्रापको कारण कर्णले ब्रह्मास्त्रको प्रयोग भने गर्न पाएनन्। (महाभारतको श्रापको बारेमा पढ्न यहाँ क्लिक गर्नुहोस्) विश्वामित्रले पनि वशिष्ठसँग युद्ध पर्दा ब्रह्मास्त्रको प्रयोग गरेका थिए, तर वशिष्ठले ब्रह्मदण्डको प्रयोग गरेर त्यसलाई रोकी विश्वामित्रलाई हराएका थिए।

२. ब्रह्मशिर

पुराणमा उल्लेख गरिएअनुसार, अर्को महाशक्तिशाली अस्त्रको नाम ‘ब्रह्मशिर’ रहेको थियो। हुन त यो अस्त्र कुनै पनि युद्धमा प्रयोग गरिएको थिएन। कथाअनुसार, ब्रह्मशिरको शक्ति ब्रह्मास्त्रको भन्दा चार गुणा बढि थियो। ब्रह्माको चारवटा शिरको शक्तिबाट निर्माण गरिएको हुनाले यो अस्त्रलाई ‘ब्रह्मशिर’ नामाङ्करण गरिएको हो। केवल अर्जुन र अश्वथ्थमासँग मात्रै ब्रह्मशिरलाई बोलाउन सक्ने ज्ञान थियो, तर त्यसलाई फिर्ता लैजान सक्ने ज्ञान केवल अर्जुनसँग मात्रै थियो। (अस्वथ्थमाको बारेमा ९ रोचक कथाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)

महाभारतमा अस्वथ्थमाले पाण्डवपुत्र ‘उपपाण्डव’को वध गरेपछि, अर्जुन र अस्वथ्थमाको युद्ध भएको थियो। युद्धको क्रममा, अस्वथ्थमाले अर्जुनलाई सबैभन्दा शक्तिशाली ब्रह्मशिर अस्त्रको प्रहार गरे, जसको बदलामा अर्जुनले पनि त्यहि अस्त्रको प्रतिप्रहार गरे। त्यसरी दुई ब्रह्मशिरको टक्करले सारा विश्व ध्वस्त हुने डरले साधुहरूले दुवैजनालाई ब्रह्मशिर फिर्ता लिन आग्रह गरे। अर्जुनले त त्यस अस्त्रलाई फिर्ता लिन सके, तर अस्वथ्थमाले सकेनन्। त्यसको बदला अस्वथ्थमासँग कुनै एक वस्तुलाई मात्र निशान बनाउने विकल्प थियो। त्यसपछि, अस्वथ्थमाले ब्रह्मशिरलाई अर्जुनकी बुहारी उत्तराको गर्भमा निशाना लगाए। यो देखेर श्रीकृष्णले तुरुन्तै ब्रह्मशिरलाई फिर्ता लिएर उत्तराको प्राण बचाएका थिए। क्रोधित श्रीकृष्णले अस्वथ्थमाको छेरुवापन देखेर श्राप दिएका थिए।

३. अमोघस्त्र

karna-birth-radha-adhirath-mahabharataकर्णसँग पनि ब्रह्मस्त्रको ज्ञान थियो, तर उनका गुरु परशुरामले चाहिएको बेलामा उक्त ज्ञानको प्रयोग गर्न नपाओस भनेर श्राप दिएका थिए। कर्णसँग सूर्यदेवले दिएको कवच र कुण्डल पनि थियो, जसको कारण उनी अमर थिए, तर त्यो पनि इन्द्रले जालझेल गरी छिने। तर त्यसको सट्टा इन्द्रले कर्णलाई ‘अमोघास्त्र’को ज्ञान दिएका थिए, जुन केवल एकचोटि मात्रै प्रयोग गर्न सकिन्थ्यो। कर्णले अर्जुनसँगको युद्धको लागि भनेर अमोघास्त्र साँचेर राखेका थिए, तर दुर्योधनको आग्रहमा उनले घटोतकचविरुद्ध यो अस्त्रको प्रहार गर्नुपरेको थियो। घटोतकच भिमका छोरा थिए, जसले कौरवका सेनाहरूलाई एक्लै नष्ट गरेका थिए।Karna-mahabharat-indian-mythology

४. अर्जुनको अस्त्र

lord-shiva-gives-weapon-arjunaअर्जुनलाई जुनकुनै पनि शस्त्र र अस्त्रहरूको बारेमा पूर्ण ज्ञान थियो, या भनौँ सारा देवहरूको आशिर्वाद थियो। महाभारतको युद्धमा दिव्यास्त्र पाउन उनले धेरै मेहनेत गर्नुपरेको थियो। उनको धनुषवाण कहिल्यै पनि नथाकोस् भनेर भगवान शिवले वरदान पनि दिएका थिए। शिवले उनलाई ‘पशुपात’ पनि दिएका थिए, जुनसँग अकल्पनीय शक्ति थियो। यमराजले पनि अर्जुनलाई आफ्नै ‘जावित्र’ अस्त्र दान गरेका थिए, वरुणले नागपाशको ज्ञान दिएका थिए, कुवेरले ‘अन्तर्ध्यान’ हुन सक्ने शक्ति दिएका थिए। महाभारतको युद्ध अगावै इन्द्रले उनलाई एक अस्त्रको ज्ञान दिएका थिए भने भगवान शिवले ‘गान्दिव’ अस्त्र पनि दिएका थिए। यी ठूला-ठूला देवहरूले अर्जुनलाई दानवशक्तिसँग युद्ध गर्नको लागि हातहतियारले भरिदिएका थिए। (अर्जुनले झण्डै मारेका थिए युधिष्ठिरलाई, किन? पढ्न यहाँ क्लिक गर्नुहोस्)shiva gives pashupatastra to arjun

५. श्रीकृष्णको अस्त्र

कतिपयलाई यो थाहा छैन कि, भगवान श्रीकृष्णसँग सबैभन्दा शक्तिशाली अस्त्रहरूको खजाना थियो। उनको धनुषवाणको नाम ‘शरणगधानु’ हो, जसले भगवान शिवको अस्त्रलाई पनि रोकेको थियो। शिवले प्रहार गरेको ब्रह्मास्त्रलाई कृष्णले ब्रह्मास्त्रकै प्रयोग गरेर रोकेका थिए। उनले शिवकै पशुपातास्त्रलाई नारायणास्त्रले रोकेका थिए। बानासुरा र भगवान शिवसँगको युद्धमा, श्रीकृष्णले आफ्नो नारायणजाराको प्रयोग गरी शिवजाराको प्रतिकार गरेका थिए। (महाभारतको युद्ध र त्यसको रहस्यको बारेमा पढ्न यहाँ क्लिक गर्नुहोस्)Krishna with his weapons

भगवान श्रीकृष्णको शस्त्रअस्त्रको बयान गरेर कहिल्यै पनि सकिँदैन, अझ उसको सुदर्शन चक्रको त कुरा गरेकै छैन। उनले महाभारतको युद्धमा सुदर्शन चक्रको प्रयोग विभिन्न प्रयोजनका लागि गरेका थिए- जस्तै सूर्यलाई छेक्न।

भगवानका गाथाहरू पनि अनौठा हुन्छन्, सुन्दा नै अचम्म लाग्ने अनि जति सुन्यो ती भगवानहरूको बयान त्यति नै गर्न मन लाग्ने। उनीहरूको शस्त्र अस्त्र अनि युद्धको कथा सुन्दा एटम बम, हाइड्रोजन बम अनि विश्वयुद्ध त फिक्का लाग्दछ। तर अपसोच, वास्तविकता ठ्याक्कै उल्टो छ।

यो पनि हेर्नुहोस्-
महाभारतको सबैभन्दा रोचक ४ लघुकथा
महाभारतका रहस्यमा लुकेका कथा
सीता माता धर्तीमा पलायन भएको ठाउँ
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि