१७ बैशाख, काठमाडाै ।

प्रधानन्यायाधिश शुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि त्यसको समर्थन भन्दा विरोध बढी हुन थालेको छ । विपक्षमा रहेका मात्र होइन सरकारमै रहेका दलहरुका नेताहरुले पनि महाअभियोग प्रस्तावको विराध गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्राईले राज्यका सबै अंगलाई एकपछि अर्को गर्दै भत्काउन थालिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्चाल ट्विटरमा ट्विट गर्दै भट्टराईले भनेका छन्, ‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो तरु महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित ?’