एजेन्सी । महाशिवरात्रिको शुभ अवसर पारेर ‘बाहुबली–२’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा फिल्मको मुख्य भूमिकामा रहेका अभिनेता प्रभाष एकदम शक्तिशाली भएको अनुभूति दिइरहेका छन् । पोस्टरमा प्रभाष हात्तिमाथि चढेका छन्, यस तस्विरलाई सामाजिक सञ्जालमा ‘धमदार’ ट्याग दिइएको छ र निक्कै भाइरल बनिरहेको छ ।

बाहुबलिको पहिलो भागमा प्रभाष शिवभक्तको रुपमा देखिएका थिए । त्यसैले पनि शिवरात्रिको अवसर पारेर फिल्ममा शिवको प्रतिनिधित्व गर्ने प्रभाषको यो पोस्टर सार्वजनिक गरिएको बताइएको  छ ।

यस फिल्मका निर्देशक एसएस राजामौली र अभिनेता प्रभाषले पहिलो भागमा दर्शकमा निक्कै उत्सुकता उत्पन्न गराएका थिए । आगामी एप्रिलमा प्रदर्शन मिति तयार गरिएको फिल्म ‘बाहुबली’लाई दर्शकले निक्कै धैर्यका साथ पर्खिरहेका छन् ।