८ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन फेरि सरेको छ । असार २२–२३ गतेका लागि तोकिएको महाधिवेशन अब भदौ ४ र ५ गते काठमाण्डौमा हुने भएको छ ।

नेपाल पत्रकार महासंघको सचिवालयले मिति सारेको हो । दोस्रो चरणको चुनावको रिपोर्टिङमा व्यस्त हुनु पर्ने भएकोले पत्रकारले असार २२/२३ गते महाधिवेशनमा भाग लिन नसक्ने हुँदा बाध्यता र आवश्यकताको सिद्धान्त अनुसार महाधिवेशन भदौ ४ र ५ गतेका लागि सारिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।