अधिकाँश पुरुषहरुले आफूले प्रेमिका वा पत्निका कुरा बुझ्न नसकेको भन्ने गर्छन् । यसो हुनुको कारण वास्तवमा महिलाहरुले एउटा कुरा बोलेर अर्कै इसारा गरिरहेका हुन्छन् ।

जव एक स्त्रीले ‘केही होइन’ भन्छे यसको अर्थ हो उनलाई रिस उठेको छ वा चित्त बुझेको छैन । यसको अर्थ पुरुषले आफै बुझ्नु पर्ने हुन्छ । यदि तपाइँले उनको असन्तुष्टीलाई बुझ्नु भएन वा वेवास्ता गर्नु भो भने तनाव घट्ने होइन थपिनेवाला छ ।

पुरुषले गलत बुझ्ने महिलाका १० कुरा

‘के म मोटी देखिएकी छु?’

यदि कुनै पनि केटीले ‘के म मोटी देखिएकी छु’ भनेर सोधेमा हो भन्ने जवाफ नदिनुस् । यसको सकारात्मक जवाफका लागि केटीले प्रश्न सोध्ने गर्दैनन् । हो देखिएको छ भन्नु भयो भने उनलाइ नराम्रो देखिएको छ भन्नु बराबर हो तपाइँ फस्नु भो ।

10 things in woman men cheated
‘तिम्लाई जे मन लाग्छ गर’
कुनै पनि कुरामा तपाइँकी प्रेमिका वा पत्निले मन लागेको गर भनिन् भने तपाइँले यसलाई यसकै अर्थमा नबुझ्नुस् । महिलाहरुले रिसाएपछि मात्र यस्तो जवाफ दिन्छन् ।
‘ठिक छ’
कुनै पनि बहस वा झगडाका क्रममा महिलाले ठिक छ भन्छे भने बुझ्नुस् ठिक छैन । तपाइँको कुरामा सहमत भएको ठान्नु भो भने तपाइँ फस्नु भो ।

10 things in woman men cheated 5
‘तिमी सुन्दै छौ’
यदि कुनै पनि स्त्रीले तपाइँसँग बोल्दा बोल्दै ‘तिमी सुन्दै छौ’ भनेर सोध्छे भने बुझ्नुस् उनी रिसाइन् । अव तपाइँले उनलाई फकाउनु पर्छ किन भने उनले वेवास्ता भएको महसुस गरिसकिन् ।

‘एक्कै छिन’
यदि तपाइँ बाहिर जाने तयारीमा हुनुहुन्छ र तपाइँकी स्त्रीले तयारीका लागि ५-१० मिनेट वा एक्कै छिन् भनेर समय मागिन् भने बुझ्नुस् आधा घण्टा वा त्यो भन्दा धेरै समय लाग्ने वाला छ । यदि एक्कै छिनलाई साँच्चिकै बुझ्नु भो भने तपाइँको झगडा हुने निश्चित छ ।

10 things in woman men cheated 2
‘तिमी जहाँ जान्छौ म पनि त्यहीँ जान्छु’
कुनै पनि स्त्रीले तपाइँलाई ‘तिमी जहाँ जान्छौ म पनि त्यहीँ जान्छु’ भनिन् भने आफूले मन लागेको ठाउँमा जान पाएँ भनेर मख्ख नपर्नुस् किन भने उनले तपाइँलाई मन परेको होइन उनलाई मन परेको ठाउँमा लैजाओस् भन्ने चाहेकी छिन् ।
‘अहिले नै गर्नु पर्छ ?’
कुनै काम गरिरहनु भएको छ वा ल्यापटपमा काम गर्दै गरेको बेला तपाइँकी स्त्रीले ‘अहिले नै गर्नु पर्छ ?’ भनिन् भने प्रश्न गरेको नठान्नुस् । यो त तपाइलाई अहिले रोकि हाल भनेर दिएको आदेश जस्तै हो ।

10 things in woman men cheated 4
‘केही कुरा गर्नु पर्ने भो’
कुनै पनि स्त्रीले ‘केही कुरा गर्नु पर्ने भो’ भनेर तपाइँलाई भन्दैछिन् भने बुझ्नुस् तपाइँ समस्यामा पर्दै हुनुहुन्छ । या त तपाइँ लामै लेक्चर भेट्ने वाला हुनुहन्छ वा सम्बन्ध नै धरापमा पर्न सक्छ ।
‘मलाई केही भएको छैन’
कुनै पनि स्त्रीले तपाइँले सोधेको बेला ‘मलाई केही भएको छैन’ भन्छिन् भने बुझ्नुस् उनलाई केही भएको छ । समस्या बुझेर मात्र अघी बढ्नुस् नत्र समस्यामा पर्ने निश्चित छ ।

10 things in woman men cheated 1

 

सुन्दर स्त्रीसँग नजिक हुन चाहनु हुन्छ ? यी ५ कुरा नभुल्नुस्

कुनै पनि स्त्रीसँग नजिक हुँदा यी १० भुल नगर्नुस्

गालाको रंगबाट थाहा हुन्छ स्त्रीको चरित्र