४ माघ, एजेन्सी।
नयाँ वर्षमा भारतको बेङ्लुरुमा महिलाहरुसंग गरिएको दुर्व्यवहारले पुरै भारतको ध्यान खिचेको छ। यहि मुद्धामा शाहरुख खानले एक पत्रिकाको लागि हालै अन्तर्वाता दिँदै महिलाको इज्जत नगरे छोराको गर्दन काट्ने बताएका छन्।shahrukh-khan-3194509

उनले भने, ‘म आफ्नो दुवै छोरा आर्यन र अबरामलाई सिकाउने गर्छु कि कुनै केटीलाई हर्ट नगर्नु। यदि तिमीहरुले यस्तो गल्ती गर्यौ भने गर्दन काटिदिन्छु। मैले दुवैसंग भने, समय अहिले पनि बदलिएको छैन। महिलाको इज्जत गर्न सिक।’

केही समय अघि आफ्नो छोरी सुहानालाई लिएर शाहरुखले यस्तै एक अन्तर्वाता दिएका थिए। छोरी सुहानालाई कसैले किस गरे उनको ओठ उखेलिदिने बताएका शाहरुखले पछि छोरीसंग डेट गर्न चाहने केटासंग हुनुपर्ने गुण समेत तोकेका थिए।

यो पढ्नुस्।
शाहरुखले तय गरे छोरीलाई डेट गर्ने केटाले अपनाउनुपर्ने ७ नियम
जब शाहरुख खान गाडीको डिक्कीमा लुके
सामाजिक सञ्जालमा बादशाहकी छोरी