शास्त्रमा भनेको छ कि हाम्रो शरीरमा रहेका विभिन्न चिन्हको अर्थ हुन्छ । शरीरमा हुने चिन्हलाई कोठी पनि भनिन्छ ।

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भागमा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो कोठी हुन्छ । कसैको गालामा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बताउने शास्त्रमा उल्लेख छ ।

हत्केलामा भएका कोठी कुन शुभ कुन अशुभ

महिलाको शरीरमा हुने कोठीको अर्थबारे यहाँ चर्चा गरिएको छ ।

गालामा हुने कोठी
गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ । बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।

mole meaning in women 1

निधारमा कोठी
निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ ।

mole meaning in women 2

आँखी भौंमा कोठी
आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।

mole meaning in women 3

ओंठमा हुने कोठी
ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ ।

mole meaning in women 4

नाकमा कोठी
नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।

mole meaning in women 5

चिउँडोमा कोठी
महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन ।

mole meaning in women 6

तिग्रामा हुने कोठी
कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् ।

mole meaning in women 7

नाइटोमा हुने कोठी
महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।

mole meaning in women 8

पिठ्यूमा कोठी
कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।

यी ६ काम गर्ने केटालाई केटीले मन पराउँदैनन्

छातीमा कोठी
महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।

महिलाको बक्षस्थलबारे ११ रोचक कुरा