महिलामा हर्मोन परिवर्तनको कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ । केहि समयअघि युनिभर्सिटि अफ बार्सिलोना, स्पेनको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने बताइएको थियो । यो समस्या हरेक १० महिलामा एउटामा हुन सक्छ ।

महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको कारण लेवल विग्रीन जान्छ । जसको कारण ओभरीमा गाठो पर्दै जान्छ ।
वंशाणुगत गुण, मोटोपन, अस्वस्थ खाना र मधुमेहको कारण यस्तो समस्या हुन सक्छ । यस्तो समस्याका कारण अनियमित रुपमा महिनावारी हुनुका साथै फर्टिलीटि घट्दै जान्छ, अर्थात बाँझोपन बढ्छ । साथै हृदयघातको उच्च सम्भावना रहन्छ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षणहरु
– तिव्र रुपमा तौल बढ्ने तथा घट्दै जान्छ ।
– लामो समयसम्म डन्डिफोर देखा पर्नु ।
– अनुहारमा अनावश्यक रुपमा रौ आउनु ।
– डिप्रेशनको समस्या बढ्नु।

बच्ने उपायहरु

– नियमित रुपमा व्यायाम गर्नुपर्छ ।
– यसमा फलफुल, हरियो सागपात, बदाम काजु र गेडागुडि खाने गर्नुपर्दछ ।
– मासु र चिल्लो पदार्थयुक्त खानेकुरा नखाने ।
-धुमपान नगर्ने ।

यो पढ्नुस् : मुख धुँदा यी ५ गल्ती गर्नुहुन्छ, त्यहि भएर डण्डिफोर आउँछ