१५ चैत, एजेन्सी ।

व्रिटेनको प्रमुख अखवार डेली मेलको कभर समाचारको विषयलाई लिएर नागरिकले कडा प्रतिक्रिया जनाएका छन् । मंगलबार आफ्नो पहिलो पृष्ठमा डेली मेलले व्रिटेनकी महिला प्रधानमन्त्री टेरिजा र स्कटल्याण्डकी स्कटिस नेशनल पार्टीकी नेतृ निकोला स्टर्जनका खुट्टाविच तुलना गर्दै समाचार छापेको थियो ।

अखवारको पहिलो पृष्ठमा प्रयोग गरिएको उक्त तस्विर दुवै नेतृले ब्रेग्जिट मुद्धाबारे छलफल गर्दै गर्दा लिइएको थियो।

तर सोहि विषयवस्तुलाई अर्कै रुप दिदै डेली मेलले ‘नेभर माइन्ड ब्रेग्जिट, हु वोन्स लेग्स इट’भन्दै समाचार छापेको थियो ।

साथै सम्पादकले दुवै महिला नेतृको कपडाबारे तुलना गर्दै समाचार लेखेका थिए । जसमा ‘नेवी ब्लेज’र, घुँडासम्म टेकेको स्कर्ट र ‘साइनी न्युड टाइट प्यान्ट’ भन्दै विश्वका विशेष उमेरका महिलाले मात्र लगाउने कपडा नेतृले लगाउनु लाजमर्दो कुरा हो, दुवै महिलाले आफ्नो लुक्सको आधारमा ब्रेक्सिट जित्न चाहेको भन्ने आरोप लगाउदै खबर छापेको थियो ।

डेली मेलको यस्तो अपमानजनक समाचार शीर्षकलाई लिएर सामाजिक सञ्जाल तथा नागरिकहरुले चर्को आलोचना गरेका छन् । यो विषय व्रिटेन सासदसम्म पुगेको छ । समाचार छाप्ने मिडिया डेलीमेल प्रति चर्को आलोचना गरिएको छ।