५ मंसिर, काठमाडौं । एशिया क्षेत्रको महिला ट्वान्टी ट्वान्टी विश्वकप छनौट क्रिकेटमा नेपाल र हङकङबीचको खेल रद्ध भएको छ ।
वर्षाका कारण खेल सुरु नै हुन नसकेपछि रद्ध गरिएको हो ।

खेल रोकिएसँगै दुबै टिमले एक एक अंक बाँडेका छन् । हिजो आयोजक थाइल्याण्डसँगको खेल पनि वर्षाका कारण प्रभावित भएपछि नेपालले एक/एक अंक बाँडेको थियो ।

हङकङले भने हिजो मलेसियालाई ३५ रनले हराउँदै स्पष्ट २ अंक जोडिसकेको छ । नेपालले आफ्नो तेस्रो खेलमा पर्सि युएइसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत आज विहान भएको खेलमा मलेसियाले चीनलाई ७ विकेटले पराजित गरेको छ ।

प्रतियोगिताको बिजेता टोलीले नेदरल्याण्ड्समा हुने ट्वान्टी ट्वान्टी विश्वकप छनौटमा स्थान बनाउनेछ ।