काठमाडौं, २ चैत । बिराटनगरमा जारी साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शहीद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशमाथि शून्यका विरुद्ध ३ गोलको सानदार जित निकाल्दै नेपाल समूह ए को बिजेताका रुपमा अन्तिम चारमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी र मञ्जली योञ्जनले एक एक गोल गरे भने एक गोल बंगलादेशले आफ्नै पोष्टमा गरेको थियो ।

नेपालले अब समूह बी को उपबिजेतासँग आगामी बुधबार फाइनल प्रवेशका लागि खेल्नेछ । समूह बीको बिजेता टुंगो लगाउनसाविक बिजेता भारत र श्रीलंकाबीचको प्रतिष्पर्धा आइतबार हुनेछ ।
भारत र श्रीलंका दुवै टिमले सेमिफाइनलमा स्थान भने बनाइसकेका छन् ।