२५ असोज, काठमाडौं ।

वाम गठबन्धनको बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा हुँदैछ ।

काठमाडौको बुद्धनगरमा एक समारोहको बीचमा पार्टी एकताको घोषणा हुन लागेको हो ।

नेकपा संयुक्तको असोज २२ गतेको पोलिटव्यूरो बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

गणेश साहले नेतृत्व गरेको नेकपा संयुक्त शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी छ ।