८ वैशाख, रुपन्देही । बुटवल उपमहानगरपालिका–१९ पत्थरगन्जमा आज दिउँसो माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट मानपकडीतर्फ जाँदै गरेको लु १ ख ९२६५ नम्बर माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु १७ प २९७ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुटवल–१४ का २५ वर्षीय झमबहादुर परियार रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते मोटरसाइकल चालक विमल थापाको अञ्चल अस्पताल बुटवल उपचार भइरहेको छ ।