केही दिन अघि मात्र अमेरिकाको अदालतले समलिङ्गी विवाहलाई वैधानिकता दिएसँगै समाजमा यसबारेमा खुल्ला बहस सुरु भएको छ। हलिउडका कलाकारहरू पनि खुल्ला रूपमै आफ्ना साथी सँगको सामिप्यता देखाउन हिच्किचाएको देखिन्न। यस्तैमा ‘भिक्टोरिया सेकरेट एन्जेल’ उपाधि पाएकी ‘स्टेला म्याक्सवेल’ लाई ‘माइली साइरस’ले भावुक हुँदै चुम्बन गरिरहेको बेला उक्त दृश्य मेल अनलाइनका पत्रकारको क्यामेरामा परेको छ।

उक्त तस्विरमा हालैमात्र समलिङ्गी भएको कुरा खुलासा भएपछि २२ वर्षीय माइली साइरसले २४ वर्षीय मोडेल स्टेला म्याक्सवेललाई चुम्बन गरेको दृश्य देखिएको छ। स्टेलाको नयाँ म्युजिक भिडीयो बनाउने क्रममा यी दुई समलिङ्गी जोडी यसरी एक-अर्कामा लिप्त भएका थिए।1. miley-stella kissing

सुनौलो टलकदार मिनिड्रेस र घुँडासम्म आइपुग्ने बुट लगाएकी डिज्नी स्टार माइलीले स्टेलालाई आफ्नो अँगालोमा भरिरहेकी थिइन् र स्टेलाले भने माइली अङ्कमाल गर्दै चुम्बन गरिरहेका थिए। चुम्बन गरिरहँदा उनीहरू दुवैजना एक-अर्कासँग खासखुस कुराकानी गरिरहेका पनि थिए। पत्रकारले आफ्नो फोटो खिचेको थाहा पाउँदा पाउँदै पनि उनीहरूले आफ्नो कार्य भने रोकेका थिएनन्।
2. miley-stella kissing

पहिला माइली हङ्गर गेम्सको अभिनेता ‘लिएम हेम्सवर्थ’सँग वैवाहिक सम्बन्धमा गाँसिएकी थिइन् फेरी पछि ‘प्याट्रिक स्वार्जनेगार’सँग ५ महिनासम्म प्रेमसम्बन्धमा गाँसिएकी थिइन्। उनले भनिन्, “कुनै समय थियो जुन बेला मेरो पनि ब्वाइफ्रेण्ड थियो र त्यस्तो बेला पनि थियो जुन बेला म आफू एक्लै बस्न मन पराउँथे र मेरो शरीरको अङ्ग अरू कसैसामुन्ने फैलाउन चाहन्थिन। एक दृष्टिले हेर्दा त्यो पनि एक प्रकारको स्वतन्त्रता थियो।”3. miley-stella kissing

माइलीले आफू समलिङ्गी भएको कुरा उनी १४ वर्षकी हुँदा उनको आमा ‘टिस साइरस’लाई पनि भनिसकेकी छिन्। “म महिलालाई छुट्टै तरिकाले सम्मान गर्छु भनेर मैले मेरी आमालाई भन्दा उनी एकछिन चकित भएकी थिइन् र मैले भन्न खोजेको कुरा बुझ्न सकिरहेकी थिइनन्। त्यसपछि मैले भनेँ की म महिलाहरूलाई माया गर्छु, जसरी अरू केटीले केटालाई माया गर्छन्। र यो कुरा मेरी आमालाई पचाउनको लागि हम्य परेको थियो। तर अहिले उनले यो सबै कुरा बुझेकी छिन् र मेरो प्रकृतिलाई स्वीकारेकी छिन्।”4. miley-stella kissing

5. miley-stella kissing

6. miley-stella kissing

7. miley-stella kissing

8. miley-stella kissing

9. miley-stella kissing

10. miley-stella kissing

11. miley-stella kissing

12. miley-stella kissing

13. miley-stella kissing

भिडीयो पनि हेर्नुहोस्-