यदुनाथ ।

उतिबेलाको त कुरै छाडौं, छिमेकी माइली भाउजु वितेको १५ वर्ष वितिसक्दा पनि उनको चरित्रका वारेमा नराम्रा केही कुरा गर्यो भने गाउँ छिमेक कसैले पत्याउँदैन । पत्याउन पनि किन र ? गाउँ, समाज, छिमेकले चिनेको माइली र मैले भोगेको माइली भाउजुमा ठ्याक्कै उल्टो चरित्र थियो ।

माइली भाउजु कुनै पनि ब्रत छाड्दैनथिन् । मैले थाहा पाएसम्म उनले स्वस्थानीको ब्रत नलिएको कुनै वर्ष थिएन । टोल छिमेकमा माइली भाउजु नभए जाग्राम बसिदैन थियो । नाच्न, गाउन र संगिनीमा पोख्त थिइन् । शिल, स्वभाव भन्नु परेन । जातले क्षेत्री वा बाहुन नभए पनि कर्मले ती जातका महिलाले भ्याउदैन थे भाउजुलाई ।

बिहानै ४ वजे उठनु नित्य कर्म सक्नु र नुहाएर आफ्नो पति, सासु, ससुरालाई पालै शान्ति ढोग गर्नु माइली भाउजुको दैनिकी थियो । यति मात्र होइन घरमा कोही नन्द, आमाजु वा गाउँका बाहुनी वज्यै आएका रहेछन् भने उनीहरूलाई पनि ढोग्न छुटाउदिनथिन् माइली भाउजु । यति मात्र होइन भात, भान्सा, घर, धन्दा र मेलापात एक्लै फाड्थिन् ।

indian-woman-in-saree

यत्ति शिल, स्वभाव भइसकेपछि सोच्छु ! आज उनी वितेको १५ औं वर्ष वित्दा त कसैले पत्याउदैनन् भने त्यतिबेला उनको चरित्र वारे मैलै कुरा गरेको भए मेरो के गति हुन्थ्यो होला ! माइली भाउजु थिइन त असाध्यै ‘सेक्सी’ । गोरो बदन, चौडा निधार र सधैं हासीरहने अनुहार, मिलेका जिउडाल, मध्यम कद् । आज पनि सम्झिन्छु ती भाउजु र आफ्नो नालायकीमा थक्थकाउछु ।

त्यतिबेला भर्खरै ढिकी, जाँतोलाई आधुनिक मिलले विस्थापित गर्दै थिए । सबै गाउँले भिजाएको धान वोकेर टाढा–टाढाको मिलमा जानु पर्थ्यो । चामल र पिठो बनाउने मिल गाउँमै भए पनि चिउरा कुट्ने थिएन । हाम्रो घरबाट पनि मलाई चिउरा कुट्न पठाउने कुरा भयो । छिमेकका १० घरजतिको साथ लागेर म पनि हिंडे धान वोकेर । ती १० जनामध्ये एक माइली भाउजु थिइन् । अरु सबै पुरुष । गाउँमा कच्ची सडक थियो एउटा मात्र बस चल्यो जनकपुरसम्म । त्यो बस बिहान जनकपुर तर्फ जान्थ्यो र साँझ फर्कन्थ्यो । त्यही भएर हामी चिउरा कुटाउन ढल्केबर जाने भयौं । त्यो १०÷२० गाउँकै त्यो एउटा चिउरा कुट्ने मिल । सजिलै पालो आउने चान्सै थिएन । दिनभरी कुर्नु पर्यो ।

म भर्खरै २० टेकेको केटो । कुुर्कुरे बैंशले छोएको । माइली भाउजु मभन्दा कयौं जेठी उनको तीन सन्तान भइसकेका थिए । तर, मैले उनलाई किन हो भित्रभित्रै लोभी नजर लगाउँथे । शायद् उनले ख्याल गरेको हुनु पर्छ । म खाजा खान पसलमा जाँदा होस, वा कतै बस्दा मलाई माइली भाउजुले पछ्याइरहिन । नजिकै अरु खाली ठाउँ हुँदा पनि मैसंग ढेप्पिएर बस्थिन् । मलाई पनि आनन्द लाग्थ्यो, किन अलि पर बस्नु भन्थेनी !

चिउरा कुटिसकेर बस चढने ठाउँमा आउँदा पनि बस आएन । साँझ परिसकेको थ्यो । कात्तिकको दशैं थियो बस साढे ७ वजेतिर आयो, समक्कै साँझ परेको थ्यो । बसभित्र बत्ति बालिएको थियो । हामी सबैले आ–आफ्ना चिउराका बोरा बसमा चढायौं । समयभन्दा ढिला भएर होला बस लगभग रित्तो थियो । एउटा खाली सिटको झ्यालतिर बस्न पुगेकी भाउजुले मलाई हात समातेर तान्दै भनिन् ‘यी बस्नु बाबु ।’ मैले खोजेको पनि त्यस्तै थ्यो बसें । सारी, चोलो लगाएकी माइली भाउजुले भान्टा रंगको ओढने ओढेकी थिइन् । जाडोमा मलाई पनि भाउजुको ओढनेमा हात लुकाउन मन थियो तर, आँट थिएन । आमै र त नभनौ मेरी दिदीकी उमेरकी आफैं अघि सरेर छुल्याई गर्ने आँट भएन । बस आफ्नै गतिमा गुड्दै गर्दा भाउजुले केही नवोली मेरो हात विस्तारै तारेर आफ्नो छातीमा पुर्याइन् । अनि त केही समय ‘के खोज्छस् काना,े आँखा’ भनेजस्तै भयो ।कत्ति गिजोल्नु हात फतक्क गलेर झार्दा पनि भाउउजुले तानेर लग्थिन र उहीं पुर्याउथिन । भाउजु र मेरो ओर्लने स्थान एउटै थियो, भाउजु हत्त न पत्त मसंग वोल्दै नवोली ओर्लीन । मलाई बसबाट ओर्लेर घर पुग्न लाजमर्नु भयो, कसैले देख्ला भन्ने पीर । कारण थियो म पटक– पटक स्खलित भएर लगाएको पाइन्ट छिचोलिएर चिस्सै भएछ ।

अर्को दिन, मलाई बुवाले माइल भाउजुको घरबाट बन्चरो मागेर ल्याउन अह्राउनुभयो । घरभित्र भाउजु मात्र थिइन्, तर बाहिर उनकी सासु यताउती गर्दैथिन् । त्यो बसको यात्रापछि भाउजुसंग मेरो पहिलो साक्षात्कार थियो । मैले लजाउँदै बाहिरैबाट बन्चरो मागें भाउजुले भनिन् ‘दैलोको चेपमा छ । भित्रै आएर लैजान बाबु ।’ मभित्र पसें भाउजु बन्चरो समातेर दैलोले छेलिएर कुनामा उभिएकी थिइन् । मैलैं भने ‘बन्चरो दिनु न ।’ भाउजु वोलिन ‘आएर लैजानु न यहाँ आउनु हुन्न ?’ म नजिक के पुगेथें, भाउजुले मुस्कुराउँदै विजुलीको गतिमा हात त मेरो गुप्ताङ्गमा ल्याइपुर्याइन् । म जोगिन पछि हटें उनले मलाई च्याप्प समाएर छातिमा टास्दै एकै सेकेण्डमा २० औं पटक म्वाई खाइन् । मलाई फेरि फसाल पर्यो घर पुग्न कारण उही स्खलन ।

त्यस्को अर्को वर्ष हुनु पर्छ मेरो नातामा मामा पर्ने तर, मिलनसार साथीको घर मेरोभन्दा अली टाढा थियो । एकदिन म मामालाई खोज्दै जाँदा माइजु मात्र रहिछन् । माइजु पनि गहुँगोरो वर्णकी कदमा कुनै चल्तीकी मोडलभन्दा कम अग्लि थिइनन् । गाउँभरीका केटा उनको जिउडाल देखेर लोभिन्थे । तर, उनी प्रतिष्ठित परिवारकी पुजाआजा, न्यासध्यानमा दिन विताउँथिन् । हातमा तुलसीका माला छुटदैनथें । मलाई देखेर माइजुले भनिन् ‘मामा नभए के भो त भित्र आउनुन एकछिन गफ गरौं । मलाई एक्लै भएर वोर लागाथ्यो आइपुग्नु भएछ ।’ मभित्र गएर बसें र माइजुलाई भने ‘तपाई पनि बस्नुन माइजु !’ माइजुले अप्रत्याशित जवाफ फर्काइन् ‘के को माइजु नी ! गोरु वेचेको साइनो ।’ म तीनछक्क परें ।

पछि कुरा मिलाउदै माइजुले गर्फ गर्न थालिन भनिन् ‘तपाईहरू जस्तो भए पो । मामा त खत्तम मै भएर इज्जत थामेर बस्देको छु ।’ किन के भो र ? मैले सोधें ‘सद्दे त हुनुहुन्छ मामा ।’ त्यो त मलाई थाहा छ, उनले भनिन् । कुरै कुरामा उनले आफूलाई काँढा विझेर आय्या…आय्या गर्दा पनि डाक्टर कहाँ नलगि दिएको बताउँदै माइजुले काँडा विझेको ठाउँ देखाउन सारी ह्यात्तै पल्टाइन् । काँडा त के हुनु सानो छेस्को विझेकोजस्तो देखिन्थ्यो घुँडाभन्दा अलिमाथि । मलाई उनले खुल्ला आमन्त्रण गर्न यी सबै कुरा वहाना बनाएको मलाई बुझ्न गाह्रो भएन अब । तर, मलाई आँट भएन । खुल्ला घर, दिउसो जोसुकै आउन सक्ने भएकाले माइजुको तिघ्रामा परेलाको झुस गाडनु बाहेक केही गर्न सकिन । मुटुले ढ्याङ्ग्रो ठोकेको ठोक्यै गर्यो ।

आखिर माइली भाउजु र ती माइजु दुवैलाई केहीको कमी थिएन । दुवैका पति खाइलाग्दा थिए । दुवैका आँगनमा छुनुमुनु खेल्ने छोरामा छोरीमा छोरी थिए । आखिर उनीहरू किन यसरी उत्तालिएका । यतिबेला ममा अलि परिपक्कता आएपछि यी माइली भाउजु र माइजुजस्ता अरुलाई पनि देखेपछि म भन्न सक्छु । छोराछोरी हुनु र यौन सन्तुष्टि हुनु फरक कुरा रहेछन् ।