यदुनाथ ।

मैलै ठ्याक्कै नाम चै विर्से धेरै पहिले एक नेपाली महिला लेखिकाले लेखेको नेपाली महिलाका यौन कुण्ठाका विषय पढेको थिएँ । उनले लेखेकी थिइन् –

पहिले यो पढ्नुस् 

माइली भाउजुको त्यो यौन कुण्ठा !

उमेरसंगै मलाई पनि पुरुषसंगको संगत मन पर्न थालेको थियो । राति आछ्यानमा पल्टेपछि मनमा अनेक तर्कना आउँथें । कहिलेकाँही त सपनामा कुनै राजकुमारसंग सम्भोग गरेको पनि देख्थें । घरमा दाजुले भर्खरै विवाह गरेका थिए । म दाजु भाउजुको चियो गर्न थालेको थिएं । त्यसो गर्दा मलाई आनन्द आउँथ्यो, मुटुको ढुकढुकी बढेर आउँदा म आल्हादित हुन्थे । कतिवेला के के सम्झेर टोलाउथें पत्तै हुन्थेन ।

sex_life

एक दिन भाउजुले दाजुलाई खाना खान दिएर सुत्ने कोठामा पसिन् । दाजु पनि खाना खाएर हतार–हतार कोठाभित्र पसेर ढोका लगाए । म ढोकाको प्वालबाट चियाँएर भित्रको दृश्य हेर्न थालें । दाजु अफिस जान लुगा लगाउन थाले । भाउजुले दराजबाट कोट झिकेर दाजुलाई लगाइदिदै अगाडि उभिएर टाई मिलाए दिएकोजस्तो गर्दै इत्तरिन थालिन । भाउजु यसरी इत्तरिएको देखेर भर्खरै विहे गरेका दाजुले मन थाम्न सकेनन् शायद् । दाजुले भाउजुलाई जुरुक्क बोकेर आछ्यानमा पल्टाए र आफू भाउजुमाथि … । भाउजुको गालामा खर्भर लाली चढेझै रातो हुदैथ्यो दाजु जुरुक्क उठे । दाजु तृप्त भइसकेछन् भाउजु भर्खर उत्तेजित हुँदै थिइन् शायद् । दाजु हतारमा लुगा मिलाउदै भाउजुलाई फर्केर पनि नहेरी अफिस हिडें ।
यी त भए ती लेखिकाका कुरा, अब मेरा अनुभव । तराईको गर्मी उखरमाउलो हुने नै भयो । गाउँमा विजुली आइसकेकाले हुनखानेले घरमा विजुली पंखा हालेका थिए । तर, छिमेकी मिजारले आँगनमा अलि अग्लो टाँढ हालेको थियो । मिजार, मिजार्नी त्यही टाँढमा सुत्थे । खुल्ला टाँढमा यी मिजार, मिजार्नीले कसरी यौन क्रियाकलाप गर्दा हुन् भनि म सोच्ने गर्थे । अल्लारे उमेर राति सडकमा हिंडदा पनि मेरा आँखा मिजारको टाँढमा जान्थ्यो । केही देख्न पो पाइन्छ कि भन्ने लाग्थ्यो ।

एक दिन विहान उठने वित्तिकै करेसाकै भुजेल्नी दिदीले मन्द मुस्कान छोड्दै सुनाइन् ‘ सुन्नु भो भाई ! राति टाँढ भत्किएर मिजार्नी लडेकाले अस्पताल लगे रे !’ भुजेल्नी दिदी विहे गरेको भए पनि लोग्नेले अर्की ल्याएकाले माइतीमै बुढी आमासंग बस्थिन् । म १९ ÷२० को हुँदा ती दिदी २८ ÷३० कि थिइन् । दिदीलाई मैले भनें ‘अनि मान्छे लडेर घाइते भएर अस्पताल पु¥याएको कुरा पनि हास्ने कुरा हो ?’ दिदीले भनिन् ‘होइन क्या लडेको त हो तर, कुरा अर्कै छ । म भाईलाई कसरी भनुँ ।’ भुजेल्नी दिदीका कुराले मेरो मनमा कौतुहलता जगायो । टाँढ भत्केको हेर्न गएं । खाँबो जस्ताको तस्तै उभिएकै थिए, एउटा बलोले खाँबोको काप छोडेर भूईंमा झरेछ । मिजार रातिनै भागेको कुरा त्यहाँ सुनें । सबै महिला मिजारलाई गाली गर्दै थिए, ‘असत्ति, मर्ननसकेको …’ आदी ।
एकजना गाउँले वयस्क भए पनि हामी अल्लारेलाई अनेक यौनका कुरा गरेर जिस्क्याउथें । उनी पनि भत्केको टाँढ हेर्न आएका थिए शायद् । मैले उनैलाई सोधें ‘के भएछ ?’ उनले पनि मुस्कुराउँदै कुरा खोले ‘के हुनु नी ! मिजारले … खोजेछ । मिजार्नीले मानिनछिन् । उसले पालो रिसको झोंकमा टाँढको बलो खुस्काइ दिएछ । मिजार्नी मिजारलाई गाली गर्दै चिच्याउन थालिछ । मिजार लाज र डरले भागेछ ।’

यस्तै एउटा अर्को प्रशंग छ – धेरै डेरा सरियो तर, ती घरबेटीजस्तो नजिक म कसैको हुन सकिन । घरका सबैले मलाई विश्वास गर्थे र त एक्लै तरुनी बुहारी छोडेर घरका सबै कयौं दिन आफन्तकहाँ जान्थे । यसरी एउटा घरको भिन्दा भिन्दै कोठामा हामी एक्ला एक्लै हुन्थ्यौं । एक दिन ती घरबेटी बुहारीले कुरैकुरामा जिज्ञासा राखिन ‘हैन दाई ! मेरो लोग्ने ह्याण्डसम पनि छ, बलिष्ठ पनि छ , शरीरिक सम्वन्ध पनि राखेकै छ । तर, म तृप्त हुन सकेको छैन, किन होला !’ उनले थपिन ‘यस्तो लाग्छ, मलाई लगातार दुईजनाले सम्वन्ध राखुन ।’

यत्ति कुरा पढेर, सुनेर बुझेपछि मलाई के लाग्यो भने नेपाली समाजमा माइली भाउजु र माइजु मात्र एक्ला होइनन् कुण्ठा पालेर जीवन विताउन वाध्य भएका । उनीहरु समाजका एक प्रतिनिभि पात्र मात्र रहेछन । नेपाली पुरुषहरूमा ती लेखिकाका दाजु, अनि मिजारजस्तो स्वभावमा परिवर्तन नहुञ्जेल नेपाली महिलाले माइली भाउजु, माइजु र मिजार्नीको नियती भोग्न वाध्य भइरहनु पर्नेछ ।