१८ फागुन, एजेन्सी ।

पप गायिका माइली साइरस र अभिनेता लायम हेम्सवर्थको  विवाह नेपालमा हुने भएको छ । २४ वर्षीय माइलीले २७ वर्षीय लियमसंग आउँदो समरमा नेपालमा विहे गरेर अष्ट्रेलिया जाने योजना रहेको बताएकी हुन ।

उनीहरुले महंगो हलिउड विवाह छोडेर शान्त नेपाल रोजेका हुन् ।

आफ्नो बोल्ड छवी बनाएकी माइलीले विवाहको लागी धेरै रकम खर्च गर्न नचाहेको बुझिन्छ । पछिल्लो समय हिन्दु धर्म अंगालेकी माइली आफ्नो विवाहलाई आत्मिय बनाउन नेपालमा विषेश ठाउँ खोजिरहेकी छिन् ।

माइली र लियम को पहिलो भेट सन् २०१० मा भएको थियो ।

लियम क्रिस्चियननै भएपनि माइलीले इन्गजमेन्ट रिङलाई खास महत्व नदिएर सामान्य तरिकाबाट आफ्नो विहे गर्ने बताएकी छिन् । उनीहरुको  विवाह गोप्य रुपमा सम्पन्न हुने बुझिएको छ ।