१९ असोज, काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विगतदेखि नै माओवादीसँग मिलेर जानु हुँदैन भन्ने अडानलाई पार्टी नेतृत्वले बेवास्ता गर्दा धोका पाएको बताएकी छन् ।

Sujata-Koirala closeup

आज विहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेतृ कोइरालाले नेतृत्वले माओवादीको चाल बुझ्न नसक्दा कांग्रेस समस्यामा परेको बताएकी हुन । गुट र उपगुट बढेकाले पार्टी कमजोर बन्दै गएको उनको भनाइ छ ।

नेतृ कोइरालाले स्थानीय तह निर्वाचनमा आफूले जित्ने ठाँउमा नेतृत्वले माओवादीका लागि भोट माग्दा पार्टी थप कमजोर भएको टिप्पणी गरिन् ।

कांग्रेस सामुहिक नेतृत्वभन्दा पनि एक जना ब्यक्तिको भरमा चल्दा त्यसको असर सिंगो पार्टीमा देखिएको उनको दाबी छ ।।