२१ फागुन, काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दैछ ।

फाइल तस्बिर

अहिले ४ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, आउँदो स्थानीय तह चुनाव लगायतका विषयमा छलफल हुने नेता अग्नी सापकोटाले जानकारी दिए ।

उनका अनुसार संविधान संशोधन विधेयकलाई कसरी पास गर्ने भन्ने विषयमा बैठक बढी केन्द्रित हुनेछ । विधेयक पास नहुने अवस्था रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल विधेयक अघि नबढाउने बताउँदै आएका छन् ।

त्यसैले संसद बैठक बस्न सकेको छैन । बैठकमा चुनावी तयारी, मोर्चाका नेताहरुसँग भएको कुराकानी लगायतका विषयमा जानकारी गराउने नेताहरुको भनाई छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।