११ वैशाख, त्रिशूली(नुवाकोट) । स्थानीय तहको निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)ले जिल्लाका गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ ।

माओवादी केन्द्रले विदुर नगरपालिका प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा सुभद्रा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै लिखु गाउँपालिका अध्यक्षमा धर्मराज अधिकारीलाई सिफारिस गरिएको छ । नयाँ नगरपालिका बेलकोटगढी उपप्रमुखमा कविता ढुङ्गाना उम्मेदवार बन्ने पक्का भएको छ ।सबै गाउँपालिका र नगरपालिकाका उम्मेदवार छनोट अन्तिम चरणमा पुगको माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले बताए । रासस