५ जेठ, सिन्धुली ।

माओवादी केन्द्रबाट पहिलो महिला प्रमुखको रुपमा सिन्धुलीको सुनकोशी गाउँपालिकामा दिपा बोहरा निर्वाचित भएकी छन ।

बोहराले ३४३३ मत ल्याएर प्रमुखमा निर्वाचित भएकी हुन। दिपाले नेपाली काँग्रेसका दिपक कोइरालालाई पराजित गरेकी हुन।

कोइरालाले ३२१२ मत ल्याएका छन। उपप्रमुखमा पनि माओवादीकै दिर्वसिंह मोक्तान निर्वाचित भएका छन।