७ माघ, बर्दिवास । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको बताएका छन ।

बिहीबार साँझ नेकपा (क्रान्तिकारी माओवादी) को मिथिला प्रदेश (ब्युरो) कमिटीले बर्दिवासमा आयोजना गरेको सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताए ।

prachanda_cp gajurel

नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भएपनि नेकपा (माओवादी केन्द्र) अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ । कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड र एमालेमा अब केही फरक नरहेको नेता गजुरेलले बताए । बरु नेपाली राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको नेता गजुरेलको टिप्पणी थियो ।