७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ हजारको संख्यामा रहेको जम्बो केन्द्रिय समिति विघटन विघटन गर्ने निर्णय गरेको छ । । आज सकिएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति विघटन गरि ९९ सदस्यीय बनाउने निर्णय गरेको हो ।
बैठकले जम्बो केन्द्रिय समितिले संगठन भद्रगोल भएको र स्थानीय चुनावमा पनि निर्णायक भुमिका खेल्न नसकेको भन्दै २ अंकको चुस्त र व्यबस्थित केन्द्रिय समिति बनाउने निर्णय गरेको नेता रमेश मल्लले जानकारी दिए । यो निर्णयलाई साउन मसान्तभित्र आयोजना गरिने सात वटै प्रदेशका भेलाबाट अनुमोदन गराउने माओवादी केन्द्रको तयारी छ ।
माओवादीले आफूले जितेका जिल्लाका मतदाताहरुलाई संगठनमा ल्याउन जोड दिने निर्णय गर्दै प्रदेश नम्वर २ को चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ ।
माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ भने प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौट तथा सिफारीसका लागी रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको नेता मल्लले जानकारी दिए।
त्यस्तै, माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्बाचीत प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ । बैठकले चुनावमा अन्तरघात गर्ने पार्टी नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय समेत गरेको छ ।
माओवादी केन्द्रले बैठकका निर्णय भोली पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने प्रचण्डको निजी सचिवालयले जनाएको छ ।