१४ भदौ, काठमाडौं ।

नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार ऋिषि खनालको आज निधन भएकामा सो पार्टीका अध्यक्ष मोहन वैद्यले दुःख व्यक्त गरेका छन् ।

अव २० वर्ष मुनिकाले बस चलाउन नपाउने !

अध्यक्ष वैद्यले आज जारी गरेको शोक विज्ञप्तिमा नवलपरासी जिल्ला निवासी खनालले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै गरेको उल्लेख छ ।

अध्यक्ष वैद्यले सल्लाहकार खनालप्रति पार्टीकातर्फबाट भावपूर्ण श्रद्धाञ्जलि र समग्र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । रासस