२९ भदौ, बारा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले २ नम्बर प्रदेशमा पार्टीले कम्तीमा ५० सिट जित्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बारामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले स्थानीय तहका पहिलो र दोस्रो चरणको निर्वाचनभन्दा तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले धेरै प्रगति गर्ने ठोकुवा गरे ।

पौडेलले थपे,‘यसपटक यहाँका जनताहरुले हामीलाई मन पराउँछन्, एमालेको हल्लाखल्ला देखावटी मात्रै हो, उनीहरु संघीयता र गणतन्त्र चाहँदैनन् ।’

नेता पौडेलले एमालेलाई मधेश विरोधी पार्टीको संज्ञा दिए । उनले थपे,‘मधेशी जनतालाई अधिकारसम्म बनाउन एमालेले जहिल्यैपनि बाधा गरेको छ, त्यसैले उ संघीयता विरोधी पार्टी हो ।’

कार्यक्रममा सिमरा जितपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्धवार राजन पौडेलले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् ।