६ माघ, काठमाडौं ।
चिनिया थिंक ट्यांक समूहले नकेपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुसँग भेट गरेको छ । माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको भेटमा द्धिपक्षीय हितको बारेमा कुराकानी भएको हो ।

चीनको सान्दोंग विश्वविद्यालय र रन्मिन विश्वविद्यालयका प्राध्यापकहरु सम्मिलित उक्त भेटमा चीन नेपाल सम्बन्ध, ‘वान वेल्ड, वान रोड’, विश्व राजनीति, समाजवाद प्रयोगका अनुभवका बारेमा छलफल भएको थियो ।

chinese-think-tang-leaders-narayankaji-shrestha

नेता श्रेष्ठले नेपाल चीन सम्बन्धका सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनता गरी ३ तहको सुमधुर सम्बन्ध रहेको बताउदै आगामी दिनमा यी तीनै सम्बन्धका आयामले नयाँ उचाई हासिल गर्ने बताएका थिए । माओवादी केन्द्रका अन्तराष्ट्रिय विभाग सचिव युवराज चौलागाईले दुई देशको हितको बारेमा कुराकानी भएको बताए ।

भेटमा चीनको साँग्दोंग विविको इन्ष्टिच्युट अफ कन्ट्रेम्प्रोरी सोसलिजमका डाइरेक्टर क्यु क्युतान, रानमिन युनिभर्सिटीका ठिमार्टमेन्ट अफ यन्टरनेशनल स्टडिजका डेपुटी डाइरेक्टर चेन छिक्चोहान लगायत विज्ञहरु सहभागी थिए ।