Pradeep gyawali२० साउन, गुल्मी । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एकीकृत माओवादीलाइ ‘बच्चा जन्माएर सिस्नोको झाडीमा फाल्ने आमा’संग तुलना गरेका छन ।

संविधानसभाको जननी दावीगर्ने एमाओवादीले संविधानसभाको हत्या गरेकोले ‘बच्चा जन्माएर सिस्नोको झाडीमा फाल्ने आमा’ भन्दा फरक नभएको उनको आरोप छ ।

गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा नेता ज्ञवालीले आगामी निर्वाचनमा पनि माओवादी हावी भएमा संविधान बन्न नसक्ने जीकिर गरेका हुन ।

एमाओवादी अध्यक्ष प्रचण्ड कार्यकारी राष्टपति बन्ने सर्तमा जस्तो सुकै सम्झौता गर्न पछि नपर्ने ज्ञवालीले आरोप लगाए । ‘राष्टपति पाउने सर्तमा प्रचण्ड देशका सबैकुरा बेच्न तयार हुन्छन’ उनले भने ।

आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावीगर्दै उनले माओवादीवाट जनता दिक्क भइसकेको टिप्पणी गरे ।