२४ साउन, काठमाडौं ।

मेलम्ची खानेपानी आयोजना निर्माण कार्य जिम्मा लिएको ईटालियन कम्पनी सियमसिबाट पीडित बनेको नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामु ३ बुँदे माग अघि सारेको छ ।

रिपोर्टर्स क्लबमा समितिले पत्रकार सम्मेलन गरेर सम्पूर्ण संलग्न सुचि बमोजिमका नेपाली फर्महरुको क्षतिपूर्तिसहितको पैसा भुक्तानी गर्नुपर्ने, मेगाटेक सम्झौता लगायतको सम्पूर्ण सामाग्री सम्झौता बमोजिम सियमसिद्धारा मर्मत संभार गरि तत्काल फिर्ता गर्नुपर्ने र सुरुङ निर्मणमा प्रयोग गरिने बिषाधि खोलामा डिस्पोज गर्ने कार्य बन्द गरिनुपर्ने लगायतका माँग अघि सारेको हो ।

समितिका संयोजक विश्वराज गुरुङ्ले ईटालियन कम्पनी सियमसिले कानूनको धज्जी उडाईरहेको आरोप लगाए ।

उनले भने, ‘नोपलको कानुनभन्दा माथि बसेर यसले यस्तो हर्कत देखाईरहेको छ, यस्तो स्थितिमा हामी नेपालीहरुले किन मुखदर्शक भएका छौ ? हामीले चालेका कदमहरुमा हाम्रै सुरक्षाकर्मीले हामी माथि किन ज्यादती गर्छन? तत्काल हाम्रा मागहरु पुरा नगरिएका मेलम्ची खानेपानि निमार्णको काम नै अबरुद्ध पार्नेछौँ ।’