२६ साउन, इलाम ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको ढिलासुस्तीका कारण आगामी माघ ७ गतेसम्ममा सक्नुपर्ने निर्वाचन अन्योलमा पर्न लागेको बताएका छन् ।

आज फिक्कलमा आयोजित पत्रकार भेटघाटमा उनले भर्खरै बनेको निर्वाचन क्षेत्र निर्धारण आयोगले पनि काम गर्न ढिलाइ गरेकाले तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्यौल बढेको बताए ।

नेता खनालले विकास निर्माणको प्रक्रियालाई जोडतोडका साथ अगाडि बढाउन स्थानीय तहले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै ‘भौतिक, सामाजिक, साँस्कृतिक, आर्थिकलगायत विकासका लागि प्रमुख र उपप्रमुखको भूमिका सम्बन्धमा प्रदेश नम्बर १ बाट काम सुरू हुन्छ, भने ।

अर्का एक प्रसंगमा उनले गोर्खाल्याण्ड आन्दोलन भारतको आन्तरिक मामला भएपनि त्यसमा नेपालीले दुःख पाउनु राम्रो कुरा नभएको बताउँदै निर्दोष नेपाली भारतमा पक्राउ पर्नु दुःखद् भएको बताए ।