झापा, ३० जेठ । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका ९ बस्ने ३५ वर्षीय सूर्य धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार घर नजिकैको बेतनी खोलामा सडक पोलबाट विद्युत् हुकिङ गरी माछा मार्ने क्रममा करेन्ट लागी धिमाल गम्भीर घाइते भएका थिए ।

घाइते धिमाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।