८ साउन, रामेछाप ।

नेकपमा एमालेका वरिष्ठ नेता माधवकाुमार नेपाल चढेको गाडीमा तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले रामेछाप बजारमा आयोजना आयोजना गरेको कार्यक्रममा भाग लिन शानिबार साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नं को नीजि गाडी गएराती पार्किङमै तोडफोड भएको हो ।

पार्किङ्गमा राखेको अवस्थामा रामेछाप नगरपालिकाको रामेछाप बजारमा उनको गाडीमा तोडफोड भएको प्रहरीले जानकारी दिएको छ । रामेछाप बजारका तामाकोसी गेष्ट हाउसमा बसेका नेपाल चढेको गाडी गेष्ट हाउस नजिकै सार्वजनिक स्थलमा पार्किङ गरि राखिएको थियो ।

बिहान राखिएकै स्थानमा उनी चढेको गाडी सिसा फुटेको अवस्थामा भेटिएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जना कांग्रेस कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप बजारका कांग्रेस कार्यकर्ताहरु सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । नेपाली काँग्रेस नगर समितिले भने आफ्ना कार्यकर्ताहरु निर्दाेष भएको भन्दै उनीहरुलाई पक्राउ गरेकोमा पत्रकार सम्मेलन गरि आपत्ति जनाएको छ ।