वैज्ञानिकहरुले दिनहुँ नया कुराको खोजमा तल्लिन छन्। यि खोजहरु कहिले अत्यन्त महत्रव हुन्छन् भने कुनै खोज रोचक हुन्छन्।

वैज्ञानिकहरुले रसायनशास्त्रमा पनि केहि रोचक र आश्चर्यजनक खोज गरेका छन्। रसायनशास्त्रमा यसतो रसायनहरु पनि छन् जस्ले नपत्याउँदो तरिकाको विशेषताहरु देखाउछन्। अत्यन्त कम तौल भएको र धातु पगाल्ने धातु जस्तो केहि रसायनहरुको विश्लेषणहरु तल लेखिएका छन्।

१. एरोजेल

aerogel (2)एरोजेल मानवले चिनेको सबैभन्दा कम तौल भएको ठोस पदार्थ हो। यसको आविष्कार सन् १९३१मा स्यामुएल किस्टलरले गरेका थिए। अन्तरिक्षमा बगिरहेको उल्काको धुलो बटुल्ने र अत्याधिक तापबाट शरिरलाई ढाक्ने लुगा बनाउने जस्ता कार्यमा यो पदार्थको प्रयोग गरिन्छ। हेर्दा बगिरहेको होलोग्राम जसतो देखिने यो पदार्थलाई नासाले ‘Blue Smoke'(निलो धुँवा)को नाम दिएका छन्।

तर यो पदार्थको सबैभन्दा रोचक कुरा यसको विशेषताहरु हुन। साह्रो भएपनि यो पदार्थको मुल संरचना हावा रहेको छ। त्यसमाथि यो पदार्थ ताप छेक्न पनि निकै प्रभावशाली रहेको छ।

aerogel (1)एरोजेलको आणविक ढांचा जेलो जस्तै देखिन्छ। जेलो जेलाटिनले बनाइएको अर्को रसायनिक पदार्थ हो जसलाई मनतातो पानिमा दुबाउदा बलजस्तो आकार बनेर बस्छ भने आगोमा राख्दा पाउडरमा परिवर्तन हुन्छ। तर एरोजेललाई जेलाटिनबाट नभएर सिलिकाबाट बनाइएको हो। धर्तिमा सबैभन्दा अत्याधिक पाइने सिलिकामा अरु पदार्थहरु थपेर यो पदार्थ बनाइन्छ। अरु पदार्थहरु एरोजेललाई प्रयोग गरिने तरिका अनुसार थपिएको हुन्छ। गिलो एरोजेल प्रेसराईज्ड सेलाउने र तताउने दोहरो क्रियाबाट गएपछि ठोस एरोजेल बन्छ।

उक्त बनिएको ठोस एरोजेलको मुल संरचनामा धेरैजसो हावा र सिलिका हुन्छ जसले यो पदार्थ ठोस भएपनि अत्यन्त हलुका हुन्छ।

२. ग्यालियम

gallium (2)कोठाको साधारण तापक्रम मा राख्दा ग्यालियम पग्लिने गर्दछ। वैज्ञानिकहरु यो धातुलाई असाधारण मान्छन् किनभने साधारण तापक्रममा पग्लिने ग्यालियमलाई कम तापक्रममा राखियो भने यो धातु एकदम साह्रो हुन पुग्छ।

gallium (3)ग्यालियमको प्रयोग एरोस्पेस र दूरसंचार उद्ध्योगमा स्मर्टफोनको उत्पादनमा गरिन्छ। रसायनको पिरियोडिक टेबलमा यसको आफ्नै स्थान भएपनि यो धातु निकै कम मात्रामा पाईने गरिन्छ। कहिलेकाहि यो धातु जिन्क र बक्साइटको खानिमा भेटिन्छ। एमेजन साइटमा यो धातु किन्न पनि मिल्छ।

यदि तपाईँले भाग्यवस ग्यालियमको केहि मात्रा फेला पार्नुभयो भने सकेसम्म यसलाई आफ्नो मोवाइलबाट टाढाँ राखे उचित हुनेछ। अरु धातुसँग प्रतिक्रिया गरेर सढाउनु ग्यालियमको एक मुल विशेषता हो।

हेर्नुहोस ग्यालियमले गरेको आइफोनको दशाः

gallium (4)gallium (1)३. हिराको नानोथ्रेडहरु

diamond nanothreads (1)२०१४ सालमा खोज गरिएको यो पदार्थ अहिलेसम्मकै सबैभन्दा साह्रो र बलियो नानो पदार्थ भएको अनुमान गरिएको छ। यो फाईबर जस्तो पदार्थ कार्बनका अणुहरुले बनेको हो जसको आणविक ढांचा हिराको जस्तो हुन्छ।

आश्चर्यजनक रुपले यो फाईबर अति पातलो पनि छ। यसको मोटाईको नाप ३ अणु जति मात्र रहेको छ जुन हाम्रो कपालको एक त्यान्द्रो भन्दा निकै कम हो। हालसम्म यसको पुरा विश्लेषण नभएकोले यो फाईबरलाई प्रयोग गरिने क्षेत्र पनि थाहा भएको छैन। तर यो फाईबरको तौल र बलको हिसाबले यसले अन्तरिक्षमा पुग्ने इलिभेटर बनाउन सकिने वेज्ञानिकहरुले अनुमान गरेका छन्।

diamond nanothreads (2)४. फेरोफ्लुइड

ferrofluids (2)यो चुम्बकीय तरलपदार्थबाट बिभिन्न किसिमको रोचक आकार बनाउन सकिन्छ। यो पदार्थ चुम्बकसँग सबैभन्दा आकर्षित हुने धातुहरुको धुलोको मिश्रणले बनाइएको हो। चुम्बकिय क्षेत्रको भित्र यो पदार्थले रोचक आकारहरुमा परिवर्तन भएर देखाउछ।
यो पदार्थको हरेक कणलाई एक अर्को पदार्थले कोट गरिएको हुन्छ जसले कणहरुलाई एक अर्कासँग टासिनबाट रोक्छ। यो पदार्थलाई वैज्ञानिकहरुले पारा-चुम्बकिय मानेका छन किनकी कुनै चुम्बकिय क्षेत्रको भित्र हरेक कणहरु आफ्नै सानो चुम्बकिय क्षेत्र बनाउने गर्दछन्।

नासाका वैज्ञानिक ‘स्टिभ पापेल’ले सन् १९६३मा फेरोफ्लुइडको आविष्कार गरेका थिए। यो पदार्थलाई रकेट इन्धनको रुपमा प्रयोग गरिने प्रोटोटाइप मानिएको थियो। फेरोफ्लुइडको सबैभन्दा रोचक विशेषता यसको द्वितिय रुप हो। यो पदार्थ दुवै ठोस र तरल अवस्थामा एकैचोटि रहन सक्छ।

ferrofluids (1)