१६ चैत, एजेन्सी ।

अमेरिकास्थित प्युर्टेरिको राज्यमा बस्ने एक व्यक्तिले प्रेमिकाले पालेको कुकुरको टाउको चपाएपछि जेल पठाइएको छ ।

लेर्स शहरमा बस्ने ४० वर्षीय लुइस आर्योलाई घरेलु हिंसा तथा जनावारसंग नराम्रो व्यवहार गरेको आरोपम दोषी ठहर्याउदै सात वर्षसम्मका लागी कैद सजाय सुनाइएको हो ।

आर्योले गत फेव्रुअरी ४ मा दुई महिनाको कुकुरमाथि आक्रमण गर्नुका साथै आफ्नी प्रेमिकालाई कुटपिट गरेका थिए ।

अदालतका वकिल कार्लोस लोपेज जिमेनेजले उनलाई ३ हजार अमेरिकी डलर जरिवाना तिराएका थिए । उनी विगत ६ महिनादेखि ३८ वर्षीय प्रेमिकासंग बस्दै आएका आर्यो बेरोजगार थिए । खबरका अनुसार उक्त कुकुरको घटनास्थलमै मृत्यु भएको थियो । उनले कुकुरको टाउको चपाउनुको कारण भने हालसम्म पत्ता नलागेको बीबीसीले लेखको छ।