टेक वर्ल्डमा भइरहेका नयाँ आविष्कारले दैनिक जस्तो नयाँ ग्याजेट्स बजारमा भित्रिने गरेको छ। सन् २०१९ प्रविधि प्रेमीका लागि व्यस्त वर्ष रहनेछ। स्मार्टफोनमा एप्पल, सामसुङ लगायत चिनियाँ नयाँ ब्राण्डहरुले सफल व्यापार गर्दैछन। २०१९ को तेस्रो महिनाका लागि तपाइले बजारमा के कस्ता रोचक ग्याजेट्स किन्न सक्नुहुन्छ, आउनुस् हेरौं।

SoundOne X60

ब्लुटुथ हेडसेटहरुको प्रयोग आजभोली बढ्दो देखिन्छ। बजारमा अनेकन थरीका ब्लुटुथ हेडसेट किन्न सकिन्छ। ती मध्ये SoundOne X60 ले ब्लुटुथ हेडसेटहरुमा राम्रो स्थान जमाएको छ। राम्रो ब्याट्री लाइफ सहित गुणस्तरीय साउण्ड क्वालिटीको कारण यो सहजै प्रयोगकर्ताको मनपर्दो हेटसेट बनेको हो। कानमा सहजै अडिने यो हेडसेट बजारमा करिब ६ हजार रुपैयाँमा किन्न सकिन्छ।

BoAt airpods 211

ब्लुटुथ इअरफोन अझै वायरलेस! यो भन्दा राम्रो अप्सन अरु के हुन सक्ला? तारसंग झंझट लाग्ने प्रयोगकर्ताहरुको लागि एप्पलका महंगा एयरपडहरु नभएका होइनन् तर उच्चगुणस्तरीय एयरपड सस्तो मूल्यमा खोज्नुहुन्छ भने boAt का एयरपड किन्न सकिन्छ। विश्वमा अडियो प्रडक्टहरु बेच्दै आएको यो कम्पनीको एयरपडले राम्रो ब्याट्री लाइफ सहित बजारमा विस्तारै आफ्नो छाप छोड्दैछ। यसको मूल्य करिब ४ हजार रुपैयाँ छ।

Samsung Galaxy S10

बेजल-लेस्, ६.४ इन्च डिस्प्ले सहितको सामसुङ एस १० तीन भिन्न सेटहरुका साथ बजारमा उपलब्ध छ। वायरलेस् चार्जिङ, ट्रिपल क्यामेरा, अनि in-built इन्स्टाग्राफ मोड सहित यसका अनेकौं विशेषताहरु छन्। स्मार्टफोन पारखिहरुका लागि यो उत्कृष्ट अप्सन हो। करिब ९० हजार रुपैयाँमा यो सेट किन्न पाइन्छ।

Samsung Galaxy Watch Active

एप्पलको स्मार्टवाचसंग प्रतिस्पर्धामा सामासुङले बजारमा उतारेको स्मार्टवाचको Active सेरिजले विस्तारै चर्चा बटुल्दै छ। पुराना भर्जनभन्दा स्लिक अनि सस्तो यो वाच मार्च महिनाको उत्कृष्ट ग्याजेट् मध्येको एक हो। हलुगो अनि फिटनेसलाई ध्यानमा राखेर बनाइएको यो मोडलका वाचको मूल्य करिब २२ हजार रुपैयाँ पर्न आउँछ।

BoAt Stone 650

विभिन्न विशेषता सहित सस्तो देखि मंहगा सबै मूल्यमा आफ्ना प्रडक्टहरु बजारमा भित्र्याइरहेको BoAt ले अडियो इन्डस्ट्रीमा आफ्नो स्थान जमाउँदै छ। राम्रो मात्र होइन बलिया स्पिकर चाहने प्रयोगकर्ताको लागि पनि BoAt ले एक राम्रो अप्सन दिएको छ। करिब ४ हजार रुपैयाँमा किन्न सकिने यो स्पिकरले संगीत पारखीलाई खिन्न बनाउँदैन।

Insignia LED Smart 4K TV

राम्रो पिक्चर क्वालिटी र क्रिस्प साउण्ड सहित बजारमा उत्रिएको यो 4K टिभी मार्च महिनाको उत्कृष्ट ग्याजेटको सूचीमा छ। यो टिभीलाई बजारमा करिब ४० हजार रुपैयाँमा किन्न सकिन्छ।

Xiaomi Mi9

Take a closer look at our new flagship! RT if you wish you were reading this tweet on a #Mi9 #DetailsMatterToMi pic.twitter.com/RDmnT9EzYe— Mi (@xiaomi) 1 March 2019

सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन चाहनेहरुको लागि Xiaomi Mi9 सबैभन्दा राम्रो अप्सन हो। स्थापित स्मार्टफोन कम्पनीलाइ टक्कर दिनसक्ने यो स्मार्टफोनमा ४८ मेगापिक्सलको ट्रिपल क्यामेरा, अक्टाकोर प्रोसेसर, ६ जीबी र्याम सहित 8000X6000 रिजोलुसनको स्क्रिन छ। बजारमा करिब ५० हजार रुपैयाँमा यो स्मार्टफोन किन्न सकिन्छ।

Viewsonic M1

अब गह्रौं प्रोजेक्टरका दिन गए। Viewsonic ले भित्र्याएको यो पोर्टेबल प्रोजेक्टर हलुंगो मात्र होइन थियटर फिचर सहित बजारमा उत्रिएको छ। ठूलो स्क्रिनको पारखीहरुका लागि कुनै टिभी भन्दा कम हुनेछैन यो प्रोजेटक्टर। गुणस्तरीय स्पिकर सहितको यो प्रोजेक्टरलाई करिब ८० हजार रुपैयाँमा बजारमा किन्न सकिन्छ।