हामी दुखाईबाट राहत पाउँन मसाज गराउँने गर्छौ, तर के तपाईलाई थाहा छ, मसाजले ज्यान जान सक्छ ।

चिकित्सकहरुका अनुसार, धेरै समयसम्म हात–खुट्टा वा कुनै अंगलाई नहल्लाउँने गरेमा नशामा रगत ढिका वा डल्लो(ब्लड क्लोटिङ) पर्न थाल्छ । यस्तो अवस्थालाई चिकित्सामा ‘डिप वन थ्रम्बोसिस’ भनिन्छ । यस्तो १० हजार ७० जनालाई हुनसक्छ र यस्तो अवस्थामा मालिस गर्दा सावधानी नअपनाएमा बिरामीको ज्यान जानसक्छ । यदि कुनै व्यक्ति घाइते(फ्याक्चर) भएर लामो समयसम्म ओछ्यान बसिरहनुपर्ने भएमा पनि हात–खुट्टामा रक्त सञ्चार राम्रो बनाई राख्न व्यायाम गर्न चिकित्सक सुझाउँछन् । यदि कोही घाइते अवस्थाबाट निस्किएपछि मालिस गर्दा निक्कै सावधान रहनुपर्छ ।

– घुँडादेखि तलको भागमा निक्कै चोट वा दुखाई भएको छ भने मसाज नगर्नुहोस् । यदि हल्का चोट वा सड्किएको भए बरफले सेकाउँनुहोस् ।

– खुट्टामा दुखाईको लक्षण हेर्नुहोस् । ठोक्किएको वा सड्किएको भाग के निक्कै सुन्निएको छ वा गाठो पनि परेको छ ? राम्ररी नियाल्नुहोस् । यदि फुलिने, रातोपन वा कडा भएको छ भने मसाज नगर्नुहोस् ।

– कुनै पनि भित्री चोट अर्थात् हड्डी भित्रको दुखाईलाई बरफले सेक्नुहोस् । यदि त्यसले केही पनि प्रभाव परिरहेको छैन भने चिकित्सकको सल्लाह लिनुहोस् ।

– यदि चोट लागेको ठाउँमा प्लास्टर गरेपछि पनि कुनै ठाउँ सुन्निने वा डल्ला पर्ने भएका चिकित्सकसँग सल्लाह गरी परिक्षण गराउँनुहोस् ।

– यदि हड्डी भाँचिएको छ, एकदम पिठ्यु दुख्ने र ज्वरो आएमा मसाज नगर्नुहोस् ।