२ साउन, काठमाडौं । नेकपा मालेका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटी नेपाली काँग्रेसमा विलय भएको छ । माले मकवानपुरका संयोजक एवं केन्द्रीय सदस्य भीमसेन महतसहित सिंगो जिल्ला कमिटी काँग्रेसमा बिलय भएको हो ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति एवं सांसद इन्द्रबहादुर बानियाँलगायतले पार्टीमा स्वागत गरेका थिए ।

महत नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरका नवनिर्वाचित मेयर हरिबहादुर महतका सहोदर भाई हुन् । उनी पनि मेयर पदमै लडेपनि नगन्य मत पाएका थिए ।

थ्रेसहोल्डको व्यवस्थापछि पार्टी सकिने भन्दै काँग्रेसमा प्रवेश गरेको उनले प्रतिक्रिया दिएका छन् ।