पुष्कर बराल

१-मुखभरी दाह्रि बोकेर कता हिडेको ?

आडम्बरको भारी बोकेर कता हिडेको ?

मान्छे पनि गाँडें गाँडें, कुरा गर्छ आँडे,

केटा भई सारी बोकेर कता हिडेको ?
२-अत्याचार गर्यो, गर भने एकछिनको लागी

मरी हेर्छु भन्यो, मर भने एकछिनको लागी

ताराहरु समातेर आकाशमा घर बनाउछ रे,

नयाँ घरतिर , सर भने एकछिनको लागी ।