धेरैजसो हामी मुखभित्र छाला, जिब्रो वा गिजा तिर सेता घटिरा आउने समस्याबाट हैरान हुन्छौं । हेर्दा साना लाग्छन्, यसको दुखाई निकै गहिरो हुन्छ, जसले गर्दा खान, पिउन गाह्रो हुन्छ । जान्नुहोस्, यस्ता खटिरालाई घरेलु उपचार गरी कसरी हटाउँन सकिन्छ ?

बेसार – पानीमा बेसारलाई मिसाएर उमाल्नुहोस् । पानी मनतातो हुने गरी सेलाएर मुख कुल्ला गर्दा निकै फाइदा हुन्छ ।

बेकिङ सोडा – मनतातो पानीमा एकचम्चा बेकिङ सोडा मिसाउनुहोस् र मुख कुल्ला गर्नुहोस् । दिनमा एक पटक यो उपाय अनाउनुहोस् । यसले मुखभित्रको छालामा आउने चोट निको पार्न सहयोग गर्छ र दुखाई पनि कम गराउँछ ।

आलुबखडाको जूस – आलुबखडाको जूसले पनि मुख कुल्ला गर्ने गर्नुहोस् । यसका लागि करिब २ चम्चा आलुबखडाको जुसलाई मुखमा लिएर २ र ३ मिनेटसम्म त्यहीँ खेलाउनुस् । या कपासको टुक्रो आलुबखडाको जुसमा भिजाएर घाउ आएको ठाउँमा राख्नुहोस् ।

फिटकिरी – दिनमा दुईपटक फिटकिरीलाई घटिरा आएको ठाउमा लगाउनुहोस् । तर, यसको प्रयोग गर्दा सुरुमा केही दुखाई भने महसुस हुनसक्छ, त्यसपछि दुखाई कम हुन्छ ।

चियाको बोटको तेल – चियाको बोटबाट निकालिने तेललाई किटनाशक मानिन्छ । ९० प्रतिशत पानीमा १० प्रतिशत चियाको तेल मिलाएर दिनमा दुईपटक मुख कुल्ला गर्नुहोस् । यसले मुखभित्रको छाला ठीक भई दुखाई पनि कम हुन्छ ।

नुन पानी – नुनपानी पनि मुखभित्रको दुखाई कम गर्नका लागि लाभदायक हुन्छ । नुनमा छालालाई सुकाउने गुण हुन्छ, त्यसैले मनतातो पानीमा एकचम्चा नुन मिसाएर सम्भव भएसम्म धेरै पटक मुख कुल्ला गर्नुहोस् ।

अम्बाको पात – त्यस्तै, अम्बाको पात चपाउँदा पनि मुखभित्रको छाला ठीक हुन्छ ।

अलैँची – अलैँचीलाई पिसेर महसँग मिलाइ मुखभित्रको छालामा लगाउँदा फाइदाजनक हुन्छ । यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ ।

निम पत्ता – निम पत्तामा पाइने एन्टिसेप्टिक गुणले किटाणु नष्ट गर्न सहयोग गर्छ । दिनहुँजसो दुई,तीन पटक निम पत्ता चपाउनुहोस् ।

तुलसीको पात – पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्दा घाउ बढ्न पाउँदैन र चाडैँ निको हुन्छ