स्वास गन्हाउने समस्या धेरैलाई हुन्छ । तर कतिपयले आफ्नो स्वासबाट दुर्गन्ध आएको चाल पाउँदैनन् ।

मुखबाट आउने दुर्गन्धले तपाइँको ब्यक्तित्व नै प्रभावित गर्छ । स्वासमा हुने दुर्गन्धले तपाइँको छेउँमा आउन पनि मानिसहरु हिच्किचाउँछन् ।

खुट्टा किन गन्हाउँछ र खुट्टाको दुर्गन्ध कसरी हटाउने?

 

किन गन्हाउँछ स्वास?
मुखबाट निस्किने दुर्गन्ध एक ब्यक्टेरियाका कारणले हुने गर्छ । यो ब्यक्टेरियाले उत्पादन गर्ने सल्फर कम्पाउण्डले स्वासमा दुर्गन्ध पैदा गर्छ । यो ब्याक्टेरियाले पैदा गर्ने दुर्गन्धप्रति मानिसहरु सचेत हुँदैनन् । त्यस्तै दाँत फोहोर भएमा वा धुम्र पान गर्नेहरुको पनि स्वासमा दुर्गन्ध आउन सक्छ ।

 

bad breath
स्वासको दुर्गन्ध हटाउने १० अचुक उपाय

१- खानामा ताजा र रेशादार तरकारी समावेस गर्नुस् । पानी प्रयाप्त मात्रामा पिउनुस् ।

विहान उठ्दा स्वास गनाउने समस्या समाधानका १० उपाय

२- एक कप पानीमा एक चम्चा खाने सोडा मिसाएर कुल्ला गर्दा एसिडिटी लेभल कम हुन्छ र स्वासको दुर्गन्ध कम हुन्छ ।

३- ल्वाङलाई हल्का आगोमा तातो पारेर चुस्नुस् । यसले तपाइँको स्वासमा ताजगी ल्याइदिन्छ ।

bad breath 2

४- अलैची वा तुलसीको पात खाँदा पनि तपाइँको स्वासको दुर्गन्ध हट्न सक्छ । यो दीर्घकालीन समाधान भने होइन ।

५- तातो पानीमा नुन मिसाएर कुल्ला गर्नुस् । गार्गल गर्दा पनि राम्रो हुन्छ ।

६- अमला, हर्रो र बर्रोको रुखको फेंदको ब्रोक्रो चपाउँदा पनि स्वासको दुर्गन्ध दुर हुन्छ ।

७- जिरालाई भुटेर खाँदा पनि स्वासको दुर्गन्ध हराउँछ ।

स्वास गन्हाउँछ भने सावधान !

 

८- पुदिनालाई पिसेर पानीमा घोलेर दिनमा २ -३ पटक कुल्ला गर्दा पनि स्वासको दुर्गन्ध हराउँछ ।

९- विहान र सुत्नु अघि दाँत सफा गर्नुस् ब्रस गर्दा पटक पटक कुल्ला गर्नुस् ।

१०- प्रत्येक दिन एक गिलास पानीमा एक कागती निचोरेर यसले मुख कुल्ला गर्नुस् ।