कुशल श्रेष्ठ

खानालाई स्वादिलो, सुगन्धीत र स्वस्थ बनाउनका लागि नेपाली मरमसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। बेसार नहालेको तरकारी र मसला नहालेको मासु कसलाई मन पर्छ र?

तर, मरमसलाले खानालाई स्वादिलो मात्रै होइन, हाम्रो स्वास्थ्यमा पनि धेरै फाइदाहरू पुर्याइरहेको हुन्छ। प्राचीन समयमा, यहि मरमसलाको सहायताबाट मानिसहरूले विभिन्न किसिमका रोगव्याधहरू सञ्चो गराउने गर्दथे। विशेष गरी नेपाली शुद्ध मरमसलामा जलनविरोधक, ब्याक्टेरियाविरोधक तथा एण्टिअक्सिडेण्ट विशेषता रहेको हुन्छ, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई स्वास्थ्यमा महत्वपूर्ण रूपमा सुधार ल्याउन मद्दत गर्दछ।Health Beneifts of Nepali Spices

जसरी ताजा फलफूल र सागसब्जी हाम्रो लागि महत्वपूर्ण हुन्छ, त्यसरी नै मरमसला पनि हाम्रो स्वास्थ्यको लागि उत्तिकै अपरीहार्य हुन्छ।

त्यसैले आज हामी तपाईँहरूलाई नेपाली मरमसलाका केहि फाइदाहरूको बारेमा जानकारी दिन गैरहेका छौँ–

बेसार– क्यान्सरबाट बचाउने मसलामध्येमा बेसारलाई उच्चकोटिमा गनिन्छ। तरकारीलाई मीठो रङ्ग प्रदान गर्ने लगायत यसले विभिन्न किसिमका घातक क्यान्सरहरूको वृद्धि हुनबाट रोक्दछ। यसमा पाइने ‘पोलिफेनल सरक्यूमीन’ तत्वले गलगाँड, स्तन क्यान्सर, ब्रेन ट्यूमर, आमाशयको क्यान्सर तथा पाठेघरको क्यान्सर निम्त्याउने क्यान्सरग्रसित कोषहरूको विकासमा बाधा पुर्याउने एक खोजबाट पत्ता लागेको थियो। हाम्रो शरीरलाई तन्दुरुस्त बनाइराख्ने स्वस्थ कोषहरूको वृद्धि विकासमा टेवा पुर्याई क्यान्सरग्रसित कोषहरूलाई नष्ट गर्न ‘बेसार’ले महत्वपूर्ण भूमीका खेलिरहेको हुन्छ।Do you know the health benefits of Turmeric Powder

त्यसलगायत बेसारको एण्टिअक्सिडेण्ट विशेषताले गर्दा यसलाई अनेकौँ समस्याको घरेलु रोकथामको उपायमा पनि समावेश गर्न सकिन्छ। जस्तै ग्यास्ट्रिक तथा एसिडिटी हुनेहरूले १ गिलास पानीमा १ चिम्टी बेसार घोलेर पिउँदा उक्त समस्याबाट राहत पाउन सक्दछन्।

(मोटोपना घटाउनेदेखि लिएर क्यान्सरसँग लड्न सक्ने क्षमता छ बेसारसँग, जानौँ अन्य १० फाइदाहरू)

जीरा– हर घरको भाञ्छामा पाइने सबैभन्दा साझा मसला हो ‘जीरा’! सबै किसिमका परिकारहरूमा प्रयोग गर्न मिल्ने यो मसलाका अनेकौँ स्वास्थ्य फाइदाहरू छन्। यसले हाम्रो पाचनप्रणालीमा सुधार ल्याई हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ भने त्यसबाट पौष्टिक तत्व सोस्न पनि महत्वपूर्ण भूमीका खेलेको हुन्छ। शरीरमा जम्मा भएर बसेको बोसोलाई पगाल्न पनि जीराले सहयोग गर्दछ। टाउको दुखेको बेला, ज्वरो आएको बेला, रुघाखोकीबाट ग्रसित भएको बेलामा प्राचीन कालमा जीराकै सहयोग लिइने गरिन्थ्यो। दैनिक १ गिलास पानीमा १ चम्चा जीरा राखी उमालेर पिउनाले रगत सफा गर्नुको साथै अन्य सङ्क्रमणबाट पनि बचाउन जीराको सहयोग लिन सकिन्छ। त्यसलगायत यसमा हुने जलनविरोधक विशेषताले मुटुको धमनीमा रक्तचापलाई नियन्त्रण गराई रक्तसञ्चारमा सुधार ल्याउँदछ। जसको कारण रक्तचाप, मुटुरोग र मधुमेह जस्ता घातक समस्याबाट राहत प्रदान गर्दछ।Cumin Seeds Feature

(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र)

अदुवा– बाथ रोगले हाडजोर्नीहरूमा पीडा पैदा गराउँदछ र ताजा अदुवाले यस्ता पीडाबाट राहत प्रदान गर्दछ। यसमा पाइने ‘जिन्जेरोल’ नामक तत्वले हाडजोर्नीलाई सँगै राख्ने मांशपेसीमा पैदा हुने जलन तथा पीडालाई कम गराउन मद्दत गर्दछ। मानिसहरूले अदुवालाई विभिन्न तरिकाले प्रयोग गर्ने गर्छन् र सबै विधि उत्तिकै फाइदाजनक पनि हुन्छ। चियामा अदुवा हालेर पिउनाले मुटुको धमनीमा हुने दवावलाई कम गराउँदछ। फिका पानीमा अदुवा राखी उमालेर पिउनाले रुघाखोकी तथा टाउको दु्ख्ने समस्याबाट राहत पाउन सकिन्छ। त्यसैगरी तरकारीमा राखेको अदुवाले खानालाई स्वादिलो त बनाउँछ, त्यसका साथै खाना पचाउन पनि उत्तिकै सहयोग गरिरहेको हुन्छ।Ginger For Asthma

(अदुवा खाँदा फाइदै फाइदा)

कालो मरिच– नेपाली मरमसलामा कालो मरिच पनि पर्दछ, तर अधिकांशले मरिच प्रयोग गर्दैनन्, बरु त्यसको सट्टा खुर्सानीको धुलो प्रयोग गर्छन्। किनभने खुर्सानीको धुलोले तरकारीलाई रातो रङ्ग प्रदान गर्दछ, जुन हेर्दै स्वादिलो देखिन्छ। तर कालो मरिचको आफ्नै छुट्टै विशेष गुण छ। हालै भएको एक गहन खोजले मरिचमा पाइने क्याप्सेसिन तत्वलाई क्यान्सर भगाउने अचुक तत्वको रूपमा सावित गरेको छ। हुन त खुर्सानीमा पनि क्याप्सेसिन पाइन्छ, तर कालो मरिचको क्याप्सेसिन खुर्सानीको भन्दा शक्तिशाली हुने गर्दछ। यो क्याप्सेसिनले हाम्रो शरीरका स्वस्थ कोषलाई क्यान्सरकोषमा परिणत गर्ने फ्री राडिकललाई नष्ट गर्दछ र विभिन्न किसिमका क्यान्सर हुनबाट बचाउँदछ।pepper

(मरिचलाई यसरी प्रयोग गर्नुस् शरिरका लागी)

लसुन– नेपाली परिकारलाई स्वादिलो बनाउनमा लसुनको पनि उत्तिकै भूमीका रहेको सबैलाई थाहा भएकै कुरा हो। यौन क्षमतामा वृद्धि ल्याउनुका साथै यसमा टन्नै फाइदाहरू छन्। ग्यास्ट्रिकले दुखेको पेटलाई सञ्चो गराएर गानो हटाउनमा लसुनले सहायता गर्दछ भने घिउमा एक केस्रा लसुन फुराएर खाएमा मुटुरोगीलाई उत्तिकै फाइदा गर्दछ।Garlic For Asthma

(लसुन नियमित खानुस् – यस्ता रोगबाट बच्नुस्)

धनियाँ– विश्वभरी नै सर्वव्यापी प्रयोग गरिने धनियाँले जस्तोसुकै परिकारलाई पनि बेजोडको स्वाद दिने गर्दछ। विशेष गरी मधुमेहको लागि फाइदा पुर्याउने धनियाँको हरीयो पातको जुस बनाएर पिउनाले रगत सफा गर्नुको साथै शरीरबाट विषाक्त पनि हटाउँदछ।Coriander Juice Helps Detoxify our body

(हरियो धनियाँको जुस पिउनुहोस्, शरीर हुन्छ भित्रैबाट सफा- यस्ता छन् अन्य १२ उपाय)