२० माघ, भक्तपुर । प्रहरी कार्यालयमा रहेका विभिन्न मुद्दा मिलाइदिन्छु भन्दै पैसा उठाएर ठगी गर्दै हिँडेको अभियोगमा धनकुटाका राजु थापालाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीले फलाँटे–९ का ३८ वर्षीय थापालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।