१९ साउन, मुम्बई ।

भारतीय सहर मुम्बइमा गएराति घर भत्किदा कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । भारतको सो सहरमा यसै हप्तामात्र घर भत्किएर भएको यो दोस्रो घटना हो । मुम्बइ भारतको आर्थिक राजधानी मानिन्छ ।

गएराति तीन तले सो भवन भत्किएको बताइएको छ । त्यसमा परेर ११ जनाको ज्यान गएको छ भने कोही जिवीतै छ कि भनेर उद्वारकर्मीहरुले खोजी अभियान जारी नै राखेका छन् ।

mumbai building collapse 1

गएराति सो घर परिवारका सदस्यहरु सुतिरहेको समयमा घर भत्किएको थियो । छिमेकीले उक्त घरमा अरुपनि परिवारका सदस्य रहेको आसङ्कामा खोजी अभियान जारी राखेका बताएका छन् ।

राष्ट्रिय विपद व्यवस्थापन निकायका एकजना अधिकारी आलोक अवस्थीले भने– उक्त घरको भग्नावशेषबाट ११ शव तथा सात जनालाई भने जिवीतै निकालिएको छ ।

mumbai building collapse

उनकाअनुसार उक्त भग्नावशेषमा अझैपनि एकजना पुरिएर रहेका छन् । परिवारका एकजना सदस्य हराइरहेकोले पुरिएर रहेको आसङ्कामा खोजी गरिएको उद्वार अधिकारीहरुले जनाएका छन् ।

मुम्बइको थान नगरको नौपदा क्षेत्रमा रहेको सो घर भत्किएको हो । स्थानीय समयाअनुसार राति २ बजे सो घर भत्किएको हो ।

त्यो घर कम्तीमा पनि ५० वर्ष पहिले नै निर्माण गरिएको र कमजोर भएकोले त्यसमा बस्न नहुने भनी सरकारी निकायले यसअघि नै जानकारी गराइसकेको बताइएको थियो ।

तर पनि सरकारी निकायको सो चेतावनीलाई बेवास्ता गरी अहिले पनि सो घरमा घरका सदस्यहरु बस्दै आएका थिए । मुम्बइमा यसअघि पनि कयौँ यस्तै पुराना घर भत्किएर मानिस मरेका थिए । रासस÷एएफपी